यूएई- भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) मा आएका विदेशी नागरिकहरूले काम गर्न नपाइने भएको छ। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम अर्थात्(३ लाख रुपैयाँ) जरिबाना हुने भएको छ।दुबई पब्लिक प्रोसिक्युसनलाई उद्धृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरूले बिना 'वर्क परमिट' काम गर्ने पाउने छैनन्। बिना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लङ्घन हो। यदि कामको अनुमति नलिई विदेशी नागरिकहरूले का