सुपारी निकासी ठप्प रहेकै अवस्थामा सीमावर्ती नाका काँकडभिट्टाबाट दैनिकरूपमा भारततर्फ सुपारी तस्करी हुने गरेको छ । भारतले सुपारी आयातमा रोक लगाएपछि निकासी हुन नसकिरहेका बेला तस्करले विभिन्न माध्यमको प्रयोग गरेर अवैधरूपमा भारत कटाउने गरेका हुन् ।
दैनिक सयौंको संख्यामा रहेका पोके व्यापारीले शरीरमा सुपारी बाँधेर भारत पु-याउने गरेका छन् । शरीरमा सुपारी बाँधेर भारत पु-याउन महिला र बालबालिकाको प्रयोग बढी हुने गरेको छ ।