फिनल्याण्डले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

काठमाडौं।फिनल्याण्डले कोरोनाविरुद्ध लड्न नेपाललाई पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ।परराष्ट्र मन्त्रालयकाअनुसार फिनल्याण्डले ३ लाख ५० हजार थान एफएफपीटु मास्क,एक लाख थान केएन ९५ मास्क, २ लाख ३२ हजार थान ग्लोभ्स,३० हजार थान गाउन्स,२४ लाख ९८ हजार फेसमास्क र ३ लाख ५० हजार फेस शिल्ड्स पठाएको छ।नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले ती सामाग्री स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।

सम्बन्धित सामग्री

नेपाल आइपुग्यो अष्ट्रेलियाबाट आएको अत्यावश्यक स्वास्थ्य सामाग्री

अष्ट्रेलिया सरकारले नेपाललाई कोभिड-१९ माहामारी विरूद्ध अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ।

फ्रान्सले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

काठमाडौं। फ्रान्सले युरोपियन युनियनको सिविल प्रोटेक्सन मेकानिज्मअन्तर्गत नेपाललाई पठाएको स्वास्थ्य सामाग्री आज बिहान काठमाडौं आइपुगेको छ। त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती सामाग्री नेपालका लागि फ्रान्सका राजदूतले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेन्टिलेटर, फेस मास्क, एफएफपीटु मास्क, भिनाइल ग्लोभ, आइसोलेसन गाउन र टेस्टकिट लगायतका स्वास्थ्य सामाग्री फ्रान्सले पठाएको छ।

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आइतबार बिहान विशेष विमानबाट आएको स्वास्थ्य सामाग्री नेपालका लागि थाइल्याण्डका राजदूत एचई वोसोना भोरासफले नेपाललाई हस्तान्तरण गरेका हुन् ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

थाइल्याण्ड सरकारले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो

न्युज अफ नेपाल, काठमाडौं । नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ । थाइल्याण्ड नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाटले उपलब्ध गराउनुभएको ती सामाग्री आज आइतबार शाही थाई एयर फोर्सको चार्टर विमानमा गरी ती सामाग्री नेपाल […]

फिनल्याण्डले पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

काठमाडौं।फिनल्याण्डले कोरोनाविरुद्ध लड्न नेपाललाई पठाएको स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेको छ।परराष्ट्र मन्त्रालयकाअनुसार फिनल्याण्डले ३ लाख ५० हजार थान एफएफपीटु मास्क,एक लाख थान केएन ९५ मास्क, २ लाख ३२ हजार थान ग्लोभ्स,३० हजार थान गाउन्स,२४ लाख ९८ हजार फेसमास्क र ३ लाख ५० हजार फेस शिल्ड्स पठाएको छ।नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले ती सामाग्री स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन्।

फिनल्याण्डले सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो

न्युज अफ नेपाल, काठमाडौँ । कोरोना महामारीको दोस्रो संक्रमणविरुद्ध लड्न फिनल्याण्ड सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार फिनल्याण्डले सहयोग गरेको ३ लाख ५० हजार थान एफएफपीटु मास्क, एक लाख थान केएन ९५ मास्क, २ लाख ३२ हजार थान ग्लोभ्स, ३० हजार थान गाउन्स, २४ लाख ९८ हजार फेसमास्क […]

स्वास्थ्य सामाग्री लिएर नेपाल आइपुग्यो अमेरिकी विमान

काठमाडौं। अमेरिकी सरकारले सहयोगस्वरुप नेपाललाई दिएको स्वास्थ्य सामाग्री बोकेको चार्टड विमान नेपाल आइपुगेको छ। आज १:४५ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आइपुगेको हो। विमानस्थलका कर्मचारीले बताएअनुसार अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री बोकेर उक्त विमान आइपुगेको हो।

स्पेनले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

स्पेनले नेपाल सरकारलाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ। स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्समार्फत स्वास्थ्य सामाग्री नेपाल पठाएको हो ।

स्वास्थ्य सामाग्री लिएर भारत आइपुग्यो अमेरिकी विमान

काठमाडौं। अमेरिकाले सहयोगमा दिएको स्वास्थ्य सामाग्री बोकेर अमेरिकी विमान भारत आइपुगेको छ। अमेरिकाले विमानमा ४०० अक्सिजन सिलिन्डर र १० लाख कोरोना टेस्ट किट लगायतका सामाग्री पठाएको छ। पछिल्लो केही सातायता भारतमा दैनिक तीन लाखभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिँदैछन्। जसकारण, भारतमा अक्सिजनको चरम अभाव भइरहेको छ।