काठमाडौँ : राष्ट्रियसभाका निवर्तमान तीन सदस्यले राष्ट्रियसभामा पदीय हैसियतमा प्राप्त गरेका सवारीसाधन सहितका सेवासुविधा सरकारलाई फिर्ता गरेका छन्।सेवासुविधा फिर्ता गर्नेमा नेकपा एमालेबाट राष्ट्रियसभाकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) छन्। उनी राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति पनि हुन्।त्यसैगरी नेपाली काँग्रेसबाट राष्ट्रियसभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी र काँग्रेसबाटै राष्ट्रियसभा प्रमुख सचेतक बनेकी अनिता देवकोटा छन्।आफ्नो कार्यकाल सकिएसँगै सरकारबाट प्राप्त सवारी