तातोपानी–४ स्थित गिडीदहमा पहिलो पटक सरकारी टोली पुगेको छ । टोलीले गिडीदहको अध्ययन गर्दै प्रमुख पर्यटकीय स्थलका रुपमा विकसित गर्न गुरुयोजना बनाउन पहल गर्नेछ ।
बाजुरा, १० भदौ । जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थयात्री त्यसतर्फ लागेका हुन् । बडीमालिकामा रहेको २२ पाटन र खेतीबेतीलगायत रमणीय ठाउँको अवलोकनसँगै मनोकाङ्क्षासमेत पूरा हुने अपेक्षामा यात्रुहरू बडीमालिका […]
मुलुकको राष्ट्राध्यक्षको कार्यकाल समाप्त भएर सरकारी निवास छाडी आफ्नो निवास फर्कने क्रममा सरकारी अधिकारीहरुको उपस्थिति हुने प्रचलन रहेकामा यसपटक सरकारले त्यस्तो संस्कार देखाएन । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहणसंगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै सेवा सुविधा नलिने घोषणासहित आफ्नो निवास फर्कदा सरकारी प्रतिनिधित्व गरी गृह मन्त्रालयका अधिकारी उपस्थित भएनन् । राष्ट्रपति पौडेलले उच्चच राजनीतिक …
म्याग्दी । कालीगण्डकी नदीमा मात्रै पाइने विश्वकै दुर्लभ मानिएको शालिग्राम शीला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ । मुस्ताङ र म्याग्दी क्षेत्रको कालीगण्डकी नदीमा शालिग्रामको उत्खनन् र खोजी गर्न सरकारी प्रतिनिधिसहितको टोली म्याग्दी पुगेको हो । प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शीला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको […]
जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुगेको हो।...
जुम्ला : जिल्ला प्रशासन नेतृत्वको सरकारी टोली पूजाआजाका लागि बडिमालिका प्रस्थान गरेको छ।तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्तरूपमा पूजा गर्ने प्रचलनअनुसार जुम्लाबाट पूजाआजाको डोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका कर्मचारी नेतृत्वको टोली बडिमालिकातर्फ प्रस्थान गरेको हो। जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको नेतृत्वको ४ जनाको टोली र भक्तालु त्यसतर्फ प्रस्थान गरेका हुन्।टोली बडिमालिका प्रस्थान गर्नुपूर्व जिल्ला प्रशासन कार्यालय अगाडि रहेको दरवारमालिकाको पूजा
हुम्लाको उत्तरी क्षेत्रमा पर्ने चीन–नेपाल सीमामा पिल्लरको अध्ययन गर्न पुगेको सरकारी टोली मंगलबार काठमाडौं फर्किएको छ। टोलीले १५ वटामध्ये १२ वटा पिल्लर क्षेत्रको मात्रै अध्ययन गरी फर्किएको हो। चीनले नेपाली...
डोटी– डोटीको तलारा तथा बैतडीको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न सरकारी टोली डोटी आइपुगेको छ । टोलीले पश्चिम सेती परियोजनाको विद्युतगृह निर्माण गरिने जिल्लाको शिखर नगरपालिका तल्कोट क्षेत्रको अनुगमन गरेको दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन् । उनले भनिन्, “पश्चिम सेती परियोजना निर्माण अध्ययन गर्न […]
सिमकोट – नेपाल–चीनबीचका सीमास्तम्भहरूको अध्ययन गर्न सरकारी टोली हुम्ला आइपुग्ने भएको छ। सरकारी अध्ययन टोली भदौ २६ गते हुम्ला आइपुग्ने भएको हो। सरकारले गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा तीन सदस्यीय हुम्ला खण्डमा पर्ने सीमास्तम्भहरूको अध्ययन गर्न समिति गठन गरेको थियो। समितिलाई सरकारले सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्ने जिम्मेवारी दिएको छ। सोही जिम्मेवारी पूरा गर्न संयोजकसहितको […]
जुम्लाको एक सरकारी टोली सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा विष्णुबहादुर महतको नेतृत्वमा केही भक्तजन, पुजारीसहितको टोली बडिमालिका प्रस्थान गरेको हो ।हरेक वर्ष साउन शुक्लपूर्णिमा नाकपञ्चमीका दिन तत्कालीन जुम्ला राज्य र डोटी राज्यद्वारा संयुक्त रूपमा बडिमालिकाको पूजा गर्ने प्रचलनअनुसार बिहीबार जुम्लाको […]