काठमाडौँ – भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ। लगातारको वर्षाले तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा समेत जनधनको क्षति पुर्याएकाे छ। केही ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ। कतिपय ठाउँमा डुबान भएको र कतिपय स्थानका नदीमा पानीको बहाव उच्च हुन पुगेको छ। केही मानिसको […]