एमसीसी प्रतिनिधि सभामा टेबुल

काठमाडौँ। आइबार बसेको प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल भएको छ। अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन्।

सम्बन्धित सामग्री

अन्तत : प्रतिनिधि सभाबाट पारित भयो एमसीसी सम्झौता

फागुन १५, काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट अन्तत : अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको छ । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेकोमा संसदले उक्त सम्झौता पारित गरेको छ ।  नेकपा(एमाले) ले प्रतिनिधि सभामा विरोध गरेता पनि सांसदहरुले उक्त सम्झौता पारित गरेका हुन् । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् । एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने यसअघि सत्तारुढ दलहरुबीच सहमति भएको थियो ।   यो पनि हेर्नुस् : एमालेको अवरोधका बीच व्यवस्थापिका संसदमा व्याख्यात्मक घोषणापत्र पेश प्रतिनिधि सभा आधा घण्टाका लागि स्थगित, एमसीसी सम्झौता आजै अनुमोदन हुने एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ? एमसीसी सम्झौताबारे प्रतिनिधि सभामा शुरु भयो छलफल आज प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन होला त ?

प्रतिनिधि सभा आधा घण्टाका लागि स्थगित, एमसीसी सम्झौता आजै अनुमोदन हुने

फागुन १५, काठमाडौं । प्रतिनिधि सभा बैठकबाट अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदनका लागि संसद स्थगित भएको छ । सांसदहरुले उक्त सम्झौतामा पक्ष र विपक्षमा बोलिसकेपछि सभामुख अग्नि प्रसाद सापकोटाले आधा घण्टाका लागि संसद स्थगित गरेको बताए । उक्त सम्झौता अनुमोदन गर्ने प्रस्ताव बुहमतले पारित भएकाले सभामुखले अर्को बैठकका लागि संसद स्थगित गरेका हुन् । प्रतिनिधि सभामा उक्त सम्झौतामा सैद्धान्तिक छलफल भएपछि सांसदहरुले राखेका प्रश्नमा सरकारले जवाफ दिएपछि एमसीसीको व्याख्यात्मक टिप्पणी मन्त्रिपरिषद्बाटै पारित भएपछि आजै अर्थमन्त्रीले प्रतिनिधि सभाको अर्को बैठकमा पेस गर्नेछन् । त्यसपछि बैठकमा सरकारले जवाफ दिएपछि आजै एमसीसी पारित गर्ने तयारी छ ।

एमसीसीमाथि प्रतिनिधि सभामा छलफल शुरु

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल शुरु भएको छ । सरकारले पेश गरेको अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)माथि आजको प्रतिनिधि सभा बैठकमा छलफल शुरु भएको हो । आईतबार विहान सत्ता गठबन्धनमा सहभागी दलहरुबीच एमसीसीलाई सैद्धान्तिक व्याख्या सहित प्रतिनिधिसभाबाट अनुमोदन गर्ने सहमति भएपछि आइतबार अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल होस् भनेर प्रस्ताव पेस […]

एमसीसी निर्यायक मोडमा,गठबन्धन तोडिने संभावना

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीलाई लिएर सरकार र सडक दुबैमा देखिएपछि गठबन्धन सरकार संकटमा परेको छ । बिहिबार प्रतिनिधि सभामा अमेरिकी सहयोग संझौता मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)मा सामान्य छलफल गर्ने कार्यसूचि रहेकोमा त्यस्तो वाताबरण नभएपछि सरकारले सभामुखसंग आग्रह गरेर आजको प्रतिनिधि सभा बैठक स्थगित गराएको छ […]

यसरी ‘टेबल’ भयो एमसीसी

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) अन्ततः प्रतिनिधि सभा बैठकमा ‘टेबल’ भएको छ । सरकारले एमसीसी परियोजनासम्बन्धी प्रस्तावलाई आइतबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकपछि प्रतिनिधि सभामा ‘टेबल’ गरेको हो । शनिबार बिहानसम्म एमसीसी ‘टेबल’ गर्ने विषयमा सत्ता गठबन्धनमा आबद्ध दलहरू विभाजित नै थिए । शनिबार बिहान बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकपछि एमसीसीप्रति सो […] The post यसरी ‘टेबल’ भयो एमसीसी appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसी पेश गर्दै के–के भने सञ्चारमन्त्रीले ? (भिडियोसहित)

प्रतिनिधि सभामा एमसीसी सम्झौता पेश भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता प्रस्तुत गरेका हुन् । एमसीसी सम्झौता प्रतिनिधि सभामा पेश गर्दै मन्त्री कार्कीले संविधानको सर्वोच्चता र सर्वोपरिता भन्दा  एमसीसी सम्झौताको कुनै पनि व्यवस्था र सर्त माथि नभएको स्पष्ट पारे । उनले संयुक्त राष्ट्रसंघको बडापत्र, असंल

प्रतिनिधि सभामा एमसीसी टेबुल

काठमाडौं । सत्तागठबन्धनमा सहभागी केही दलका विरोधमा बाबजुद एमसीसी संझौता प्रतिनिधि सभामा टेबुल भएको छ । संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश गर्नुभएको हो ।नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच २०७४ भाद्र २९ गते नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिने संझौता भएको थियो […]

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे होला त सहमति ?

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार पनि बस्दैछ।  यसअघि शुक्रबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आइतबार फेरि बस्ने तय भएको थियो । एमसीसीको विषयमा सत्ता गठबन्धनमा फरक फरक धारणा रहेपछि सहमति जुट्न नसकेको हो ।  बिहान १० बजेका लागि बोलाइएको बैठकमा एमसीसीलाई  प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउने प्रयास हुनेछ ।  प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् । तर, माओवादी केन्द्र यसमा स...

एमसीसीबारे निर्णय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

अमेरिकी अनुदान सहायता एमसीसीलाई संसद्मा अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्ने विषयमा सहमति जुटाउन सत्तारुढ गठबन्धनको बैठक आइतबार बस्दै छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने पक्षमा छन् ।तर संसद् सुचारु गरेपछि तथा दलहरुबीच सहमति भएपछि मात्र यसलाई टेबल गर्नुपर्ने अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् । अर्को घटक जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भने