फागुन १५, काठमाडौं । प्रतिनिधि सभाको बैठकबाट अन्तत : अमेरिकी मिलेनियम सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन भएको छ ।
आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेकोमा संसदले उक्त सम्झौता पारित गरेको छ ।
नेकपा(एमाले) ले प्रतिनिधि सभामा विरोध गरेता पनि सांसदहरुले उक्त सम्झौता पारित गरेका हुन् ।
व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालकै संविधान सर्वोपरि हुने लगायतका विषय छन् ।
एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने विषयमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने यसअघि सत्तारुढ दलहरुबीच सहमति भएको थियो ।
यो पनि हेर्नुस् :
एमालेको अवरोधका बीच व्यवस्थापिका संसदमा व्याख्यात्मक घोषणापत्र पेश
प्रतिनिधि सभा आधा घण्टाका लागि स्थगित, एमसीसी सम्झौता आजै अनुमोदन हुने
एमसीसीबारेको ११ बुँदे व्याख्यात्मक घोषणामा के छ ?
एमसीसी सम्झौताबारे प्रतिनिधि सभामा शुरु भयो छलफल
आज प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन होला त ?