काठमाडौँ : रूसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि करिब ६ महिनाअघि रूसी सेनामा भर्ती भएका बागलुङको ताराखोला गाउँपालिका-२ का ३६ वर्षीय जितबहादुर विकको मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।गाउँमा सवारीचालकका रूपमा काम गर्दै आएका विक गत असोजमा दलालमार्फत सेनामा भर्ती हुन रूस पुगेका थिए। रूसी सेनामा भर्ती भएलगत्तै युक्रेनी सेनाको गोली लागेर गम्भीर घाइते भएका विकको रूसको रोस्तोभमा उपचारका क्रममा मृत्यु भएको हो। विकको गत माघ २० गते मृत्यु भए पनि परिवारले दुईतीन दिनअघ