प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको जानकारी राष्ट्रपति कार्यालयलाई पठाइएको छ ।
आइतवार बिहान संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएलगत्तै संसद सचिवालयले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र सर्वोच्च अदालतलाई पठाएको हो ।
‘महाभियोग प्रस्ताव दर्ता भएको पत्र राष्ट्रपति कार्यालय लगायत पठाउनु पर्ने ठाउँमा पठाइसकिएको छ,’ सचिवालय स्रोतले जानकारी दियो ।
न्यायालयमा भ्रष्टाचारको संरक्षण गरेको कार्यसम्पादन सन्तोषजनक नभएको जस्ता कारण द...