सगरमाथा जलविद्युत कम्पनीको आईपीओ शुक्रवार बाँडफाँट हुँदै

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आईपीओ चैत १७ गते शुक्रवार बाँडफाँट हुँदै छ । उक्त दिन अपराह्न ३ः३० मा आईपीओ बाँडफाँट हुने जानकारी विक्री प्रबन्धक प्रभु क्यापिटल दिएको हो । कम्पनीको आईपीओ ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि  शेयर निष्कासन गरेको थियो ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस योजनाको कुल लागत १ अर्ब ९० करोडभन्दा माथि रहेको छ ।

सम्बन्धित सामग्री

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा उक्त सेयर बाँडफाँट भएको हो । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । सार्वजनिक रुपमा निष्कासन खुला गरिएको सगरमाथा जलविद्युत् कम्पनीको सर्वसाधारणको लागि निष्कासित ३५ लाख ८१ […]

सगरमाथा जलविद्युतको आईपीओमा माग भन्दा ३ गुणा बढी आवेदन, आइतवारसम्म समय

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओ (IPO) मा माग भन्दा ३ दशमलव ०३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार शुक्रवार १ः३८ सम्ममा ९ लाख ६३ हजार ५१८ जना आवेदकले १ करोड ८ लाख ८१ हजार २१० कित्ता शेयरका लागि आवेदन दिएका हुन । कम्पनीले चैत ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेकोे हो ।  कम्पनीले जारी पूँजी रू. १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली ,कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणतर्फको १० प्रतिशत शेयर बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारी, सामूहिक लगानीकोषका लागि शेयर सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्रीमा ल्याएको हो ।  कम्पनीले ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी  ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  विक्री अधि छिटोमा चैत १२ गतेसम्मका लागि तोकिएको छ भने उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत २२ गतेसम्म विक्री लम्बिनेछ । तर कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले आईपीओ छिटो अवधि चैत १२ गतेसम्म मात्र विक्रीमा रहनेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।