घोराहीका भोजराज अधिकारीले तीनवटा हल कोठा सहित २३ कोठाका दुईवटा भवन आईशोलेशनका रुपमा निशुल्क प्रयोग गर्न दिएका हुन् । ‘मान्छे उपचार नपाएर मर्नु पर्ने अवस्था आउन थाल्यो, यो बेला हामी सबैमा मानवता जाग्नु पर्छ,’ अधिकारीले भने ‘यो बेलामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउनका लागि घर उपलब्ध गराएको हुँ ।’