विदामा नेपाल आएर रोकिएका नेपाली साउदी फर्कन पाउने

साउदी अरबबाट विदामा नेपाल आएर रोकिएका कामदार साउदी फर्कन पाउने भएका छन् । साउदीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै यही सेप्टेम्बर १५ बाट लागू हुने गरीे भीसाको म्याद भएका आप्रवासी कामदार र अन्य नागरिकहरु तोकिएका मापदण्ड पूरा गरेर साउदी अरब फर्किन सक्ने पाउने भएको जानकारी दिएको हो । विदा तथा पुनः आगमन भीसामा स्वदेश गएका नेपाली प्रकृया पूरा गरी साउदी अरब फर्कन पाइने भएको दूतावासले स्पष्ट पारेको छ ।

सम्बन्धित सामग्री

रोकिएका श्रमिक इजरायल पठाउन पहल

इजरायलको रोजगारीका लागि अन्तिम छनोट भएर रोकिएका नेपाली युवा लैजाने सम्बन्धमा नेपाल पक्षले छलफल अघि बढाएको छ । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण लामो समयदेखि रोकिएका नेपाली युवाको प्रक्रिया अघि बढाउन त्यहाँका विभिन्न निकायसँग छलफल अघि बढाइएको हो ।वैदेशिक रोजगार विभागका निर्देशक शेषनारायण पौडेलसहितको नेपाली टोलीले इजरायलको जनसंख्या तथा इमिग्रेसन अथोरिटी, इजरायलको स्वास्थ्य […]

हिमपातले रोकिएका कन्टेनर  तातोपानी आउन थाले

चीनको स्वशासित क्षेत्र तिब्बतको न्यालम र खासामा परेको हिमपातले रोकिएका नेपाली व्यापारीका सामान तातोपानी आउन थालेका छन् । खासादेखि न्यालमसम्म सडकमा हिउँको सतह घटेकाले १३७५ साइजका चिनियाँ टेलर खासा क्षेत्र आउन थालेका...

रोकिएका जिल्लाको अधिवेशन छठपछि हुन्छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका छन् ।बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताए । उनले भने, ‘विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ ।’सहमहामन्त्री डा […]

रोकिएका जिल्ला अधिवेशन छठपछि हुन्छ : डा महत

चितवन– नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरु छठपछि सुरु गरिने बताएका छन् । चितवनमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले जिल्लाको सदस्यताको विवाद तिहार अघि नै समाधान हुने बताए । उनले भने, “विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरु छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान […]

जापान जान रोकिएका विद्यार्थीलाई पठाउने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउन सरकारलाई निर्देशन दिएको छ । ‘जापानमा जाने १३ हजार विद्यार्थीहरुले पैसा बुझाएका छन् । जापानले सीआई पनि गरेको छ । भिसा पठाएको छ, तर जापान जान पाइराखेका छैनन्,’ शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुर्री […]

काबुलमा रोकिएका ३४ नेपाली सोमबार आउँदै

युएन कार्यालयको सुरक्षाप्रदायक कम्पनीले त्यहाँ कार्यरत सय नेपालीसँगै  रोकिएका ३४ जनालाई पनि सोमबार चार्टर उडानबाट काठमाडौं ल्याउँदै छ   अफगानिस्तानको राजधानी काबुलबाट उद्धार हुन बाँकी ३४ जना नेपाली सोमबार स्वदेश फर्किंदै छन् । काबुलस्थित...

रोकिएका श्रमिक कोरिया लैजाने तयारी

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान नपाएका नेपाली युवालाई दुईवटा शर्तसहित लैजाने सम्बन्धमा तयारी सुरु भएको छ । कोरियन पक्षले नेपालबाट सीधा उडान र कडा स्वास्थ्य मापदण्ड पूरा गरी रोकिएका १० हजारभन्दा बढी युवालाई लैजाने गरी तयारी भएको हो ।कोरियाबाट फर्केका श्रमिकहरुको संस्था अंकुर नेपाल, वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपाल र मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाबीच यस विषयमा छलफल भएको थियो । ईपीएस अन्तर्गत रोकिएका नेपाली युवालाई रोजगारीका लागि कोरिया जाने वातावरण बनाउन न

राष्ट्रिय सभामा सांसदले भने : कोरिया जान रोकिएका कामदारलाई जाने व्यवस्था गर

राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासेले कोरिया जान रोकिएका नेपाली कामदारहरुलाई कोरिया जाने व्यवस्था  मिलाउन सरकारसँग माग गरेकी छन्।  शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान...

मनाङमै रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल पोखरा फर्किए

पोखरा । मौसममा आएको खराबीका कारण मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेल पोखरा फर्किएका छन् । बिहिबार पोखराबाट राहत सामाग्रीसहित मनाङको चामे पुगेका मुख्यमन्त्री पोखरेल सहितको टोली मौसममा खराबी आएपछि उतै रोकिएका थिए । शुक्रबार बिहान मौसममा सुधार आएपछि उनीसहितको टोली पोखरा फर्किएको हो ।चार दिनदेखि अविरल परेको बर्षासंगै आएको बाढी पहिरो गएर घरबार विहीन भएका नागरिकलाई राहत सामाग्री लिएर मुख्यमन्त्री पोखरेल, मन्त्री दीपक मनाङे, प्रदेश सांसद चिन्तबहादुर घलेलगायत नेपा

कोरोनाका कारण चीनको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किए

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए । रसुवागढी अध्यागमन कार्यालयका अनुसार रसुवाकी सिता तामाङ, सरोज नेगी, खिरानी घले फर्किएका हुन् । पर्साका रजन राम, रोहित कुमार राम, बाल मिक्की महरा, राम किशोर राम, धादिङका लिलासिंङ तामाङ, बाराका राम बहादुर महत्तो, मुकेश प्रसाद कानु र सिन्धुपाल्चोकका बलराम नेपाली घर फर्किएका कार्यालयले जनाएको छ । कामको सिलसिलामा...