भक्तपुर अस्पताल यस वर्षको प्रदेश अस्पतालहरुमा उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । शुक्रबार अस्पतालमा आयोजित अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपंक्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।