कैलालीमा अक्सिजन ग्यास अभाव भइृरहेको बेला लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई १०० सिलिन्डर अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको छ ।संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरेको किसान बहुउद्देश्यीय सहकारी संस्थाका प्रोजेक्ट मेनेजर दिपकराज ढङ्गानाले बताए । किसान सहकारीले कोभिड–१९ को दोस्रो भेरियन्टबाट प्रताडित बिरामीहरुलाई सहज रुपमा अक्सिजन आपूर्तिका लागि किसान अक्सिज