उत्तर कोरियाले मिसाइल परीक्षण गरेपछि अमेरिकाले भन्यो, ‘वार्ताको ढोका खुल्ला छ’

अमेरिकी राष्ट्रपति जो बाइडेनका उत्तर कोरियाली राजदूतले वार्ताका लागि ढोका खुल्ला भएको बताएका छन् । उत्तर कोरियाले सोमबार मात्रै लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको थियो ।टोकियोमा जापान र दक्षिण कोरियाका वरिष्ठ अधिकारीसँगको बैठकका बेला सुंग किमले सो कुरा बताएका हुन् ।उनले भने, ‘एउटा कुरा स्पष्ट पार्न चाहन्छौं कि अमेरिकाको उत्तर कोरियाप्रति कुनै पनि शत्रुतापूर्ण भावना छैन ।’तीनै देशका राजदूतले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि चर्चा गरेका छन् । यसबाहेक उनीहरु आर्थिक र खा

सम्बन्धित सामग्री

चीनद्वारा हाइपरसोनिक मिसाइल परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान

चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । अझ यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ ।चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्