पृथ्वी जयन्तीलाई नेपाली सेनाले भन्यो- राष्ट्रिय एकता दिवस

काठमाडौँ- सरकारी तहमा पृथ्वीनारायण शाहको जयन्तीलाई बेवास्ता गरिए पनि नेपाली सेनाले भने यस दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाएको छ। नेपाली सेनाले पृथ्वी जयन्ती तथा एकता दिवसमा अवसरमा आयोजना गरेका कार्यक्रमबारे उल्लेख गर्दै ट्विटमा लेखेको छ- राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सम्मानमा विगतका वर्षहरुमा झैँ यस वर्ष पनि नेपाली सेनाले “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता […]

सम्बन्धित सामग्री

राष्ट्रिय एकताको सन्देशसहित सेनाले सुरु गर्‍याे ‘एकीकरण पदयात्रा’

काठमाडौं । नेपाली सेनाले राष्ट्र एकीकरणको स्मरण गर्दै गोरखादेखि काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ । सेनाले पुस २७ गते जंगी अड्डामा २९९ औँ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउँदै छ । सोही सन्दर्भमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा देखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्डासम्म सञ्चालन हुने ‘एकीरण पदयात्रा’ आज (मंगलबार) गोरखा दरबारबाट सुरु भएको सेनाले जनाएको छ । बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ । कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागिता रहेको छ । यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ ।