शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाए पनि परिस्थिति केही फरक देखिएको छ । बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा चलचित्रकर्मी र सञ्चारकर्मीले प्रतिक्रिया दिँदै गर्दा नायिका तथा निर्मात्री पूजा शर्माले आँसु पुछ्दै कसको आँखा लाग्यो मात्र भनिनन्, चलचित्र क्षेत्रमा आफूले गरेको कडा मेहनतको फल खाने बेलामा चलचित्रको मुख्य भूमिकामा देखिएका पात्र पल शाह विवादमा तानिएका प्रसङ्ग पनि कोट्याउन भ्याएकी थिइन् । एक गायिकासँगको उनको सम्बन्धबारे कुरा सार्वजनिक भएपछि चलचित्र निर्माण टिम केही हतासमा देखिएको थियो । धेरैलाई प्रिमियरमा पल शाहको कमी खटिएको देखिन्थ्यो । कोरोनाको त्रास र पटक–पटकको लकडाउनले चलचित्र प्रदर्शनको मिति पटक–पटक सर्न पुग्यो । निर्माण पक्षको धेरै समयको पर्खाइले अहिले बल्ल चलचित्र प्रदर्शनको साइत जु¥यो । एक भव्य प्रिमियरमा दर्जनौँ कलाकारले दिएका शुभकामनाको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित त बनेको नै छ तर नायक पल शाहको प्रिमियरमा अनुपस्थितिले धेरैको मनमा अनेकन शङ्का उब्जाएको पनि छ ।