अमेरिकामा झण्डै ७ लाख मानिस घरबारविहीन

एजेन्सी,२ पुस। संयुक्त राज्य अमेरिकामा डिसेम्बरसम्ममा ६ लाख ५३ हजार १००भन्दा बढी मानिस घरबारविहीन भएका छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो क्यालिफोर्नियामा सबैभन्दा धेरै एक लाख ८१,३९९, न्युयोर्कमा १,०३,२००, फ्लोरिडामा ३०, ७५६, वासिङ्टनमा २८,०३६, टेक्सासमा २७,३७७ र ओरेगनमा २०,१४२ जना घरबारविहीन छन्।

सम्बन्धित सामग्री

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

एजेन्सी । सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार खडेरीका कारण ७ लाख ५५ हजार बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । तर उनीहरू देशको सीमाभित्र नै रहेका बताईएको छ । राष्ट्रसंघका अनुसार अफ्रिकी मुलुक सोमालिया, इथियोपिया […]

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकाय यूएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार ७ लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका छन् ।  उनीहरू देशको सीमाभित्र रहेका छन् । सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले १० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी भएको बताउनु भएको  छ । उहाँले भोकमरीले अहिले सिङ्गो सोमालियालाई पिरोलेको भन्दै धेरै परिवार घरसहित सबै कु...

६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन

विराटनगर (अस) । नेपाल प्रहरी प्रदेश १ ले चालू आवको पहिलो ६ महीनामा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । उक्त अवधिमा प्रहरीले ३ हजार ६२७ ओटा मुद्दा दर्ता गरेर कारबाही चलाएको छ । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अवैध दोहन, काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनबाट उक्त राजस्व संकलन भएको हो । यसैगरी सामान चोरी निकासी गर्ने ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसबाट ५ करोड ५८ लाख ८० हजार ५६७ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना र नदीजन्य पदार्थ उत्खनन तथा ओसार पसार गर्ने ५१५ ओटा गाडी नियन्त्रणमा लिएर २० लाख १९ हजार २५० राजस्व संकलन गरिएको छ । प्रहरीका अनुसार काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ परेका छन् । साथै १ हजार ९५२ क्यूफिट काठ बरामद हुँदा ४४ लाख ४ हजार ६६६ राजस्व संकलन भएको छ । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने १ लाख ३१ हजार ५७६ ओटा सवारीसाधनलाई कारबाही गर्दा ८ करोड ५९ लाख ६४ हजार ५०० राजस्व संकलन भएको छ । लागूऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेस १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर १ किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्दीपक क्याप्सुल १० हजार ६८ वटा नियन्त्रण गरिएको छ । यस्तै १ हजार ६६१ रोपनी क्षेत्रफलमा लगाइएको ७ लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट गरिएको प्रहरीले बताएको छ ।

कोभिड-१९ महामारीको प्रदेशगत तथ्याङ्क, कर्णालीमा मृत्युदर बढी

देशभर ७ लाख भन्दा मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । यीमध्ये दश हजार भन्दा बढीले ज्यान गुमाएका छन्, भने झण्डै ७ लाख मानिस संक्रमणमुक्त भएका छन् ।

हप्ताको ५५ घन्टाभन्दा बढी काम गर्नेहरू उमेरअगावै बित्छन् : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एक प्रतिवेदनमा लाखौं मानिसहरू घन्टौंसम्म काम गर्ने गरेकोले उमेर नपुगिकनै बितेको उल्लेख गरिएको छ ।  पहिलोपटक विश्वव्यापी रूपमा गरिएको अध्ययनमा सन् २०१६ मा मात्र ७ लाख ४५ हजार मानिस मुटुरोग वा हृदयघातका कारण बितेको पाइयो ।  तीमध्ये ६० प्रतिशत अधबैंसे वा वृद्ध थिए ।    विज्ञहरूका अनुसार, घन्टौंसम्म लगातार काम गर्दा शरीरमा अतिरिक्त दबाब पर्छ र यसले धेर खाने, चुरोट पिउने, रक्सी पिउने र कम सुत्ने लगायतका अस्वस्थ व्यवहारलाई प्रेरित गर्छ ।  धेरै समयसम्म क...

लकडाउनले मात्रै कोरोना नियन्त्रण हुँदैन

कोरोना भाइरस चीनबाट सुुरु भई विश्वव्यापी रूपमा फैलिएको परिवेशमा नेपाल पनि अछुतो रहन सकेन । यो महामारी सुरु भएको आठ महिना बितिसक्दा पनि यसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । यस महामारीले विश्वका अधिकांश देश प्रभावित भएका छन् । हालसम्म करिब १ करोड ९० लाख मानिस संक्रमित भएका छन् भने करिब ७ लाख मानिसले ज्यान गुुमाएका छन् । त्यस्तै करिब १ करोड २० लाख मानिस निको भएर घर फर्किएका छन् ।

विश्वभर झण्डै दुई करोडमा कोरोना संक्रमण, भारतमा एकै दिन ६५ हजार भन्दा धेरै थपिए

विश्वभर झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएको छ।  पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९७ लाख ९४ हजार जनामा संक्रमण देखिएको हो।  हालसम्म ७ लाख २८ हजार ७ सय ८८ जनाले ज्यान गुमाउँदा एक करोड २७ लाख १२ हजार भन्दा धेरै मानिस निको भइसकेका छन्।  यस्तै  एकैदिन २ लाख ५३ हजार संक्रमित थपिएका छन् ...

संक्रमणमा हाईप्रोफाइल नेतादेखि सेलिब्रेटीसम्म

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सन् २०१९ को १९ डिसेम्बरदेखि हालसम्म आइपुग्दा ७ लाख बढी मानिस संक्रमित भइसकेका छन् । सुरुमा सामान्य रूपमा लिइएको कोरोना भाइरसको संक्रमण वुहान सहरका ५५ वर्षीय एक व्यक्तिमा देखिएको थियो । २० डिसेम्बरसम्म आइपुग्दा सो भाइरस संक्रमितको संख्या ६० पुग्यो । त्यसपछिका दिनमा यो संक्रमण फैलने क्रम विश्वभर …