वीरेन्द्रनगर– सुत्केरी भएर स्वास्थ्यमा जटिल समस्या देखिएपछि जाजरकोटबाट एक गर्भवतीको उद्धार गरिएको छ। बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतको रुकुमपश्चिम चौरजहारी अस्पतालबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। बस्नेतको स्वास्थ्य अवस्था गम्भीर भएका कारण चौरजहारी अस्पतालबाट रिफर गरी कर्णाली प्रदेश अस्पतालमा ल्याइएको हो। मृत शिशुको जन्म दिएकी बस्नेतको अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा […]