एमालेका वरिष्ठ नेता माधव नेपालले आज आफू निकटका जनवर्गीय संगठनहरूलाई सम्बोधन गर्दैछन् ।
माधव पक्षलाई दल विभाजनका लागि सजिलो बनाउन अध्यादेशको तयारी भइरहेको समाचारहरू आइरहेका बेला उनले जुममार्फत् जनवर्गीय संगठनलाई सम्बोधन गर्न लागेका हुन् ।
दिउँसो पौने ४ बजे नेपालले सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
अध्यादेश ल्याउन भन्दै सरकारले संघीय संसदको अधिवेशन सोमवार अन्त्य गरेको थियो ।
सरकारले एमाले विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै सशंकित एमालेले विज्ञप्ति मार्फत आपत्ति जनाइसकेक...