काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवारका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले मङ्गलवार दिउँसाे चार बजेका लागि बैठक आह्वान गर्नुभएकाे राष्ट्रपति कार्यालय स्राेतले जनाएकाे छ । बैठकमा सहभागी हुन संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई बाेलाइएकाे जनाइएकाे छ । दलहरूबीच बढ्दै गइरहेकाे असन्तुष्टि र सत्ता समीकरण सङ्घर्षकाबीच याे बैठकलाई महत्त्वका साथ हेरिएकाे छ ।