काठमाडौँ : प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सर्वदलीय बैठक आह्वान गरेका छन्।प्रतिनिधिसभाका सदस्यहरूलाई शपथ गराउनुअघि जबराले सर्वदलीय बैठक आह्वान गरेको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिएका छन्। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरको शंकरहलमा मध्याह्न १२ बजे शुरु हुनेछ। त्यसपछि दिउँसो १ बजे प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई ज्येष्ठ सदस्य जबराले शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पाण्डेले बताए। उनका अनुसार शपथलगत्तै राष्ट्रपतिले संसद् बैठक आह्वा