नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गरेर यहाँको विकास देखेको टिप्पणी गरेका छन् । उनले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको पनि बताए । शनिबार नारायणी नदी किनारमा पैदल मार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘ अब त राजनीतिको केन्द्र पनि चितवन भएको छ’, प्रचण्डले भने, ‘केही दिनअगाडि यहाँ मेलाजस्तैगरी मान्छे भेला भएर नारायणी के हो, चितवन के हो, यहाँको भौतिक पूर्वाधार के हो देखेर जाने त एउटा कुरा भयो...