पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि रास्वपाका बझाङ संयोजक खड्का निलम्बित

काठमाडौँ- पत्रकारमाथि हातपात गरेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई पार्टीबाट निलम्बन गरेको छ । जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेपछि निलम्बन गरिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए । घटनाबारे पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिएका छन् ।

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलमा अध्यागमनका अधिकृतलाई प्रहरीद्वारा हातपात

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रबार प्रहरीले हातपात गरेको आरोप लागेको छ। शुक्रबार बिहान ड्युटी सकेर फर्कने क्रममा अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विमानस्थलमा कार्यरत कर्मचारीहरुले बताए। शुक्रबारको ड्युटी सकेर फर्कँदा नियमित जाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले प्रहरीलाई नै दुर्वचन लगाएपछि प्रहरी आक्रोशित भएर हातपातमा उत्रिएको स्रोतले बताएको छ। विमानस्थल प्रहरीका प्रवक्ता एसएसपी […]

दुई चिकित्सकमाथि हातपात

हेटौँडामा बुधबार दुईजना चिकित्कसकमाथि हातपात भएको छ । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै हेटौँडा उपमहानगरपालिका- १ मा रहेको सञ्चो अस्पतालका दुईजना चिकित्सकमाथि हातपात भएको हो । सञ्चो अस्पतालमा विरामी हेरेर...

मोरङमा लघुवित्तका कर्मचारीले हातपात गरेको आरोप

२२ चैत, विराटनगर। फरवार्ड लघुवित्त वित्तीय संस्थाकी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीमाथि हातपात गरेको आरोपमा मंगलबार बेलुका नियन्त्रणमा लिएर छाडेको हो । बुढीगंगा गाउँपालिका-२ स्थित गंगा चोकमा मंगलबार फर्वाड लघुबित्तकी कर्मचारी अनिता थनदारले लघुवित्तकी सेवाग्राही ३५ वर्षीय गौरा खवासलाई हातपात गरेको आरोप छ । मंगलबार बेलुका हातपात गरेको भन्दै भेला भएका स्थानीयले होहल्ला […]

पत्रकार एलनमाथि हातपात गर्नेलाई कारबाही गर्न माग

समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव रामकुमार एलनमाथि हातपात भएको छ ।  सञ्चारमाध्यम तथा विभिन्न सामाजिक सञ्जालमार्फत आफ्ना नेताविरुद्ध समाचार लेखेको आरोप लगाउँदै आइतबार राति ९:५० को समयमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ स्थित पल्पसा सदनमा एलनमाथि सांघातिक हातपात भएको संगठनले जनाएको हो ।महासचिव  भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आफूलाई नेपाली कांग्रेसका नेता तथा प्रदेश सांसद इन्द्र बानियाँको समर्थक बताउने राजेश भेट्वालसहितका करिब २० / २२ जनाको जत्थाले गए राति

जितेका नेता पाँच वर्ष फर्केर नआएको गुनासो गर्दा मतदातामाथि हातपात

३० कार्तिक, जनकपुरधाम । घरदैलोको क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक मतदातामाथि हातपात तथा अभद्र व्यवहार भएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने विशेश्वर महतोले आफूमाथि एमाले नेताकार्यकर्ताले हातपात गरेको आरोप लगाएका हुन् । एमालेका स्थानीय नेताकार्यकर्ता महेन्द्र यादव, पूर्व वडाध्यक्ष रामकिसुन यादव, ललित साह सहितका कार्यकर्ता घरमै आएर मंगलबार साँझ हातपात तथा अभद्र […]

मेयरका उम्मेदवार मतदान बुथभित्र प्रवेश गरेको भन्दै हातपात

धादिङको नीलकण्ठ नगपालिकाका मेयरका उम्मेदवार भीम प्रसाद ढुंगानामाथि हातपात भएको छ । नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार रहेका उनी चुनावी आचारसंहिताविपरीत निलकण्ठ ५ स्थित पञ्चकन्या माविको बुथभित्र प्रवेश गरेपछि एमाले र माओवादी समर्थित कार्यकर्ताले हातपात गरेका हुन् । आचारसंहिता विपरीत बुथभित्र प्रवेश गरेको विषयमा दुई पक्षबीच भनाभन हुँदा उनीमाथि हातपात भएको हो । यद्यपि उनीमाथि कुनै चोटपटक भने लागेको छैन । एमाले र माओवादी सममर्थकले ढुंगानाले आचारसंहिता विपरीत मत मागेको आरोप समेत लगाएका छन्

आफूमाथि हातपात भएको कर्मचारीको आरोप, भनाभन मात्र भएको आरोपितको दाबी

धनकुटा : महालक्ष्मी नगरपालिकाका योजना शाखा प्रमुख ओमविक्रम कटुवालले आफूलाई सेवाग्राहीले हातपात गरेको दाबी गरेका छन्।योजना सम्पन्न गरेको भुक्तानीको फाइल अघि बढाउन ढिलाइ गरेको भन्दै स्थानीय व्यवसायी बलदीप राईले हातपात गरेको कटुवालको आरोप छ। उपभोक्ता समितिको भुक्तानी स्वयं उपभोक्ता समितिले माग गर्नुपर्नेमा डोजर मालिक राईले माग गर्दै आफूलाई ठेलेको कटुवालले दाबी गरे।‘उपभोक्ता समितिले बलदीप राईको डोजर प्रयोग गरेको रहेछ। नगरपालिकाले भुक्तानी त उपभोक्ता समितिलाई भुक्तानी दिने हो, डोजरवालालाई होइन,

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको आरोप

जनकपुर । धनुषाको एक स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा कर्मचारीमाथि हातपात भएको छ । धनुषाको औरही गाउँपालिकाका अध्यक्ष ब्रम्हदेव यादवले प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुरमाथि हातपात गरेका हुन् ।स्थानीय तहमा उपभोक्ता समितिमार्फत भएको कामको भुक्तानी सम्बन्धी विवाद बढेपछि गाउँपालिका अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेको पीडित पक्षको भनाइ छ । अध्यक्ष यादवले बजेट निकासाका लागि गरेको आग्रहलाई प्रमुख प्रशासकीय अधिकृतले बेवास्ता गरेपछि भनाभन भएको बताए । तर आफूले प्रमुख

पूर्वमन्त्रीको निर्देशनमा पत्रकारमाथि हातपात गरिएको महासंघको आरोप

काठमाडौं । नेपाल पत्रकार महासंघले कञ्चननपुरमा पूर्वमन्त्री उर्वादत्त पन्तको निर्देशनमा पत्रकारमाथि हातपात भएको आरोप लगाएको छ । नेकपा प्रचण्ड–माधव समूहले आज आह्वान गरेको आमहड्तालका क्रममा समाचार संकलन गरिरहेका आर्थिक अभियान दैनिकका कञ्चनपुर सम्वाददाता तथा कञ्चनपुर दैनिकमा कार्यरत पत्रकार मदन गिरीमाथि आन्दोलनकारीबाट भएको दुर्व्यवहार र आक्रमण भएको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। । महासंघ कञ्चनपुर शाखाका अनुसार आमहड्तालका कारण समस्यामा परेका व्यक्तिहरूको समस्याबारे समाचार संकलन गरिरहेका बेला पूर्वमन्त्री उर्वादत्त पन्त र ईश्वरी खरेललगायत आन्दोलनकारी समूहबाट पत्रकार गिरीमाथि गालीगलौज गर्दै हातपात गरिएको थियो । ‘स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि बन्द र हड्तालका नाममा गरिएको यो ज्यादती प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक र खेदजनक कार्य हो’ महासंघले भनेको छ, ‘मन्त्रीजस्तो जिम्मेवार पदमा बसि काम गरिसकेका व्यक्तिसहितबाट भएको यस्तो घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण भएको महासंघको ठहर छ।’ महासंघले घटनामा संलग्नमाथि कारबाही गरी पत्रकार संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित पक्षसँग माग गर्दै महासंघ पत्रकारलाई स्वतन्त्र र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।