तयारी कापीको मूल्य समायोजन नगरे मूल्य वृद्धि गर्ने उद्योगीको चेतावनी

फागुन २९, चितवन । विदेशबाट आयातित तयारी कापीहरुको भन्सार दरमा वृद्धि नगरे नेपाली कापीजन्य उत्पादनको  मूल्यमा वृद्धि गर्ने उद्योगीहरुले चेतावनी दिएका छन् । शनिवार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री महासंघको चौथौ बैठकमा उनीहरुले भन्सार दरको मूल्य समायोजनको माग गरेका हुन् । व्यवसायीहरुले भारतबाट आउने तयारी कापीको भन्सार दर र कच्चा पदार्थको दर एउटै हुँदा प्रतिस्पर्धा गर्न नसकेको बताए । सरकारको नीति व्यवसायी मैत्री नहुँदा कापीमा नेपाल आत्मनिर्भर भए पनि स्वदेशी उत्पादन खेर गएको भन्दै उनीहरुले गुनासो गरे ।  सो क्रममा प्रतिक्रिया दिदै महासंघका अध्यक्ष हरि भण्डारीले आयातित तयारी कापीको भन्सार दर १५ प्रतिशत बढाइदिए आफ्ना उत्पादन बजारमा सजिलै बिक्ने बताए ।  ‘अहिले कच्चा पदार्थ र आयातित भन्सार दर १५ प्रतिशत छ’, उनले भने, तयारी कापीको १५ प्रतिशत भन्सार दर बढाए स्वदेशी उत्पादनको मूल्य बढाउँदैनौं ।’ अन्यथा भन्सार दर समायोजन नभए यही आगामी शैक्षिक सत्रबाट स्वदेशी उत्पादनको मूल्य वृद्धि गरिने उनले चेतावनी दिए । कापीको कच्चा पदार्थको अस्वभाविक मूल्य वृद्धि हुँदा उत्पादन लागत बढेकोले मूल्य वृद्धिको विकल्प नरहेको उनको भनाइ छ । व्यवसायीहरुले कुन कच्चा पदार्थ हो, कुन तयारी हो यसबारेमा सरकारले सुनिश्चिता गर्नुपर्ने माग समेत व्यवसायीले गरेका छन् ।  ‘पल्प’( कागज बनाउन शुरुमा प्रयोग हुने कच्चा पदार्थ) को भन्सार दर शून्य हुनुपर्ने र उत्पादन भएको कापीको अन्तिम तयारी वस्तुलाई मात्र तयारी उत्पादन मान्नुपर्ने व्यवसायीको माग थियो ।  महासंघका पूर्व अध्यक्ष सुनील गोपाल श्रेष्ठले विदेशमा ‘पल्प’ को भन्सार दर शून्य रहेको तर नेपालमा यसको भन्सार दर पनि लाग्ने भएकोले कापीमा देश आत्मनिर्भर भएपनि बजार पाउन नसकेको गुनासो गरे । ‘हामीले सादा(प्लेन) कागजको भन्सार दर अलग्गै, लाइनिङ्ग कागजको अलग्गै भन्सार दर तिर्नुपरेको छ’, उनले भने, ‘हामीले गुणस्तर दिन यसको कभर र बाइन्डिङ्गमा अलग्गै खर्च गर्नुपरेको अवस्था छ ।’ सरकारले तयारी कापीको मात्र आयात मात्रै रोकिदिए आफूहरुले देशलाई पुग्ने कापी,रजिष्टर, इन्डेक्स, फाइल लगायतका स्टेशनरी सामग्री पूर्ण रुपमा आपुर्ति गर्न सकिने उनको भनाइ थियो । ‘अहिलेसम्म कहिं कतै सुनिएको छ, कापीको अभावमा विद्यार्थीले पढ्न लेख्न नपाएको कुरा ? उनले प्रतिप्रश्न  गर्दै भने, ‘तर महीनौंसम्म पाठ्यपुस्तकहरु समयमै पुर्‍याउने समस्या त ज्यूँका त्यूँ छ । ’ व्यवसायीहरुले तयारी किताबको जस्तै १० प्रतिशत भन्सार कर हटाएको खण्डमा विदेशी तयारी कापीलाई निरुत्साहित गरे मूल्य वृद्धि नगरिने बताएका थिए । महासंघका केन्द्रीय सदस्य गोपाल गैह्रेले छापाखानाले पनि ब्राण्ड नै नराखी कापीजन्य उत्पादन तयार गरिंदिदा आफूहरु थप मर्कामा परेको बताए ।  अहिले सरकारले कापी, रजिष्टरलगायतका तयारी उत्पादनको डिजाइन, मापदण्ड सबै परिवर्तन गरेकोले  स्वेदेशी सबै उत्पादन रिसाइकल गर्नुपर्ने बाध्यता रहेको उनले बताए । सरकारले नीति परिवर्तन गरेकै कारण ७० करोड रुपैयाँ बराबरका कापीजन्य उत्पादन कवाडीको भाउमा बेच्नु परेको उनको गुनासो थियो ।  महासंघका अनुसार स्वदेशमा हाल वार्षिक १ लाख ३५ हजार मेट्रिक टन कापीजन्य उत्पादनको माग छ । यसमध्ये स्वदेशी अन्तिम तयारी कापी उत्पादनको आपूर्ति ४० हजार मेट्रिक टनको हाराहारी छ । नेपालमा  वार्षिक २० अर्ब रुपैयाँ बराबरको कापीजन्य उत्पादनको कारोबार हुने गर्दछ । यसको मुख्य खपत क्षेत्र विद्यालय, कलेज तथा विश्वविद्यालय, सरकारी निकायहरु हुन् । नेपालमा ११ हजार विद्यालय र ३५० ओटा विश्वविद्यालय रहेको तथ्यांक छ ।   

सम्बन्धित सामग्री

दूधको मूल्य वृद्धि फिर्ता

काठमाडौं, पुस २०। डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । मङ्गलबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव डा दीपक खरालको उपस्थितिमा डेरी उद्योगीसँग भएको छलफलपछि उद्योगीहरू मूल्य वृद्धि फिर्ता गर्न सहमत भएका हुन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए […]

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनुपरेको अधिकारीहरूले जनाएका छन् ।पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ ।पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा प्रति लिटरमा ७.२० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।संघीय राजधानी नयाँ दिल्लीमा अहिले प्रति लिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ ।

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनु परेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय शनिबार प्रति लिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिला भन्दा […]

भारतमा १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

भारतमा पछिल्लो १२ दिनमा १० पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले भारतमा पनि बढाउनुपरेको अधिकारीहरूले जनाएका छन् । पछिल्लो समय आज शनिवार प्रतिलिटरमा ८० पैसाको दरले मूल्य वृद्धि भएको विवरण सार्वजनिक गरिएको छ । पछिल्लो १२ दिनमा १० पटक मूल्य वृद्धि हुँदा पहिलाभन्दा प्रतिलिटरमा ७ दशमलव २० प्रतिशत मूल्य बढी भएको अधिकारीहरूले जानकारी दिएका छन् । राजधानी नयाँ दिल्लीमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १०७.६१ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी डिजलको म...

कास्कीमा दूधको मूल्य वृद्धि

कास्की दूध व्यवसाय सङ्घ कास्कीको आज बसेको बैठकले दूध तथा दुग्ध पदार्थमा मूल्य वृद्धि गरेको छ । किसानको व्यावसायिक उत्पादनमा लागत मूल्य बढ्न गएका कारण मूल्य वृद्धि गर्नुपरेको जनाइएको छ । सङ्घले प्रेस विज्ञप्ति प्रकाशित जारी गरी नेपाल सरकारले २०७८ माघ १७ गते दूधमा गरेको मूल्य वृद्धिलाई पनि मध्यनजर राख्दै यही मिति २०७८ फागुन ०५ देखि लागू हुने गरी बढेको जनाएको छ । सङ्घका अध्यक्ष वीरेन्द्र भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा दूध तथा दुग्ध पदार्थको मूल्यमा ७०% किसानलाई र ३०% व्यवसायीलाई रहने गरी दूधको मूल्य वृद्धि भएको निर्णय गरिएको उ...

दूधको मूल्य वृद्धि गर्ने तयारीमा सरकार

काठमाडौँ । पछिल्लो समय सबै खाद्य बस्तुको मूल्य वृद्धि भएसँगै सरकारले दूधको पनि मूल्य वृद्धि गर्ने तयारी गरेको छ । दूग्ध विकास बोर्डले केन्द्रीय दुग्ध उत्पादक सहकारी र निजी क्षेत्रको प्रस्ताव अनुसार नै दूधको मूल्य वृद्धि गर्न लागेको हो । दूग्ध विकास संस्थानका महाप्रबन्धक रुद्धप्रसाद पौडेलले दूधको मूल्य वृद्धिका लागि छलफल भएको बताए । पौडेलले […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ११६ पुगेको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिण्डर ५० रुपैयाँ मूल्य वृद्धि भएको छ । योसँगै खाना पकाउने

मूल्य वृद्धि नियन्त्रण गर्न अनेरास्ववियूको माग

काठमाडौं : विद्यार्थी संगठन अनेरास्ववियूले दशैं, तिहार, छठलगायत चाडपर्व नजिकिँदै गर्दा अति आवश्यक सामग्रीमा मूल्य वृद्धि र कालोबजारी हुन नदिन तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।अनेरास्ववियूले मंगलबार एक विज्ञप्ति जारी गरी सर्वसाधारणले दैनिक उपभोग गर्ने सामग्रीमा मूल्य वृद्धि अहिले नै भइसकेकाले नियन्त्रण गर्न र घटाउन माग गरेको हो।यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुट कार्यान्वयन गर्नसमेत माग गरेको छ।'खाने तेल, खाद्यान्न र इन्धनमा भएको मूल्य वृद्धि निय

साउनमा ४ दशमलव ३५ प्रतिशत मूल्य वृद्धि

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा चार दशमलव ३५ प्रतिशत मूल्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको आर्थिक वर्षको पहिलो महिनामा तीन दशमलव ४० प्रतिशत मूल्य वृद्धि भएकोमा यो साउनमा चार दशमलव ३५ प्रतिशत मूल्य वृद्धि भएको छ । गैरखाद्य पदार्थमा पोहोरको तुलनामा दोब्बर मूल्य वृद्धि भएको छ । यस्तै साउनमा तलब तथा ज्यालादर सूचकाङ्क ५ दशमलव शून्य ५ प्रतिशतले बढेको छ । २०७७ सालकाे साउनको तुलनामा गएको साउनमा तलब सूचकाङ्क नौ दशमलव ४४ प्रतिशत र र ज्यालादर सूचकाङ्क ३ दशमलव ८० प्र...

घिउ, तेलमा २८ प्रतिशत मूल्य वृद्धि !

काठमाण्डाै – पोहोरको तुलनामा यो वर्षको वैशाखमा घिउ, तेलमा अत्यधिक मूल्य वृद्धि भएको छ । एक वर्षमा घिउ, तेलको मूल्यमा २८ दशमलव २० प्रतिशतले मूल्य वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस्तै पेय पदार्थको मूल्य १७ दशमलव १२ प्रतिशतले बढेको छ । समग्रमा पोहोरको तुलनामा अहिले तीन दशमलव ६५ प्रतिशत मूल्य वृद्धि रहेको छ । समीक्षा अवधिमा काठमाण्डाै उपत्यकामा ३ दशमलव ६२ प्रतिशत, तराईमा ३ दशमलव ५१ प्रतिशत, पहाडमा ४ दशमलव १४ प्रतिशत र हिमालमा १ दशमलव ३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।