गण्डकीमा दूध, मासु र अण्डा उत्पादनमा गिरावट

गण्डकी– गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो ।  आव २०७८-७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ । जुन छ दशमलब […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा मासु, दूध र अण्डा अपुग

धनगढी– सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा मासु, दूध र अण्डा अपुग रहेको प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक रहेकोमा प्रदेशमा ८०.७२ लिटर उपलब्ध छ भने प्रतिव्यक्ति वार्षिक १४ किलो मासु आवश्यक रहेकोमा १०.६८ किलो उपलब्ध छ । त्यसैगरी, प्रतिव्यक्ति वार्षिक ४८ गोटा अण्डा आवश्यक रहेकोमा […]

प्यूठान मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर

प्यूठान । प्यूठानमा मासु तथा अण्डा उत्पादनमा बृद्धि हुँदै गएको छ । पछिल्ला केहि वर्ष अघिसम्म जिल्ला बाहिरवाट मासु तथा अण्डा आयात गर्दै आएकोमा अहिले आत्मनिर्भर भएको छ । पछिल्लो केहि वर्षयता मासु तथा अण्डा प्यूठानबाट अन्य जिल्लामा निर्यात हुन थालेको छ । एकिकृत कृषि तथा पशुपंछी कार्यालय प्यूठानले आर्थिक वर्ष २०७८/७९ मा उत्पादन बढेर […]

मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै तनहुँ

दमौली । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै दूध, मासु र अण्डामा तनहुँ आत्मनिर्भर बन्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र स्थानीय तहले कृषकलाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराएपछि कृषक पशुपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्न सफल भएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । आत्मनिर्भर बनेसँगै यहाँ उत्पादन भएका दूध, मासु र अण्डा जिल्ला बाहिर पनि निर्यात हुन थालेको उहाँको भनाइ थियो । उनका अनुसार अनुसार प्रतिव्यक्ति प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यकपर्नेमा तनहुँमा एक सय १८ दशमलव ५४ लिटर उपलब्धता छ । त्यस्तै प्रतिव्यक्ति प्रतिवर्ष ९४ केजी मासु आवश्यकपर्नेमा ९४.४१ केजी मासु उपलब्धता छ भने ४८ वटा अण्डा आवश्यकपर्नेमा ८२.५९ वटा अण्डा उपलब्धता रहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । यस हिसाबले प्रतिव्यक्तिका लागि दूधमा २७.५४ लिटर, मासुमा ०.४९ केजी र अण्डामा ३४.५९ गोटा बढी उत्पादन भइरहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा दूध ३८ हजार आठ सय ३८ र मासु चार हजार सात सय ४३ मेट्रिकटन उत्पादन भएको छ । अण्डा दुई करोड ७० लाख ६० हजार वटा उत्पादन भएको छ । कार्यालयका अनुसार दूधको २९ हजार सात सय ८२ र मासुको चार हजार पाँच सय ८१ मेट्रिक टन तथा अण्डाको एक करोड ७३ लाख ४५ हजार गोटा माग छ ।  दूध नौ हजार ५६ र मासु एक सय ६२ मेट्रिक टन बढी उत्पादन भएको छ भने अण्डा ९७ लाख १५ हजार बढी उत्पादन भइरहेको प्रमुख डा श्रेष्ठले जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा दूध ३७ हजार नौ सय २८, मासु चार हजार पाँच सय ७६ मेट्रिकटन उत्पादन भएको थियो भने अण्डा दुई करोड ५९ लाख ९५ हजार गोटा उत्पादन भएको कार्यालयले जनाएको छ ।  जिल्लामा पशुपक्षीको सङ्ख्यामा पनि वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्कअनुसार गाईको सङ्ख्या ५२ हजार आठ सय तीन, भैँसीको सङ्ख्या ५७ हजार पाँच सय ४४, भेडाको सङ्ख्या सात सय २६, बाख्राको सङ्ख्या ३९ हजार चार सय ३४, कुखुराको सङ्ख्या एक लाख ९५, हाँसको सङ्ख्या १२ हजार छ सय ९४, बङ्गुरको सङ्ख्या ४८ हजार तीन सय ११ थियो । केन्द्र प्रमुख डा श्रेष्ठका अनुसार जिल्लामा व्यावसायिक पशुपक्षी फार्म दर्ता पनि बढेको छ । जिल्लामा दुई सय १९ गाई, ८६ भैँसी, तीन सय ४१ बाख्रा, एक सय १३ बङ्गुर, दुई सय ५५ कुखुरा, ५४ माछा र ३५ घाँस, पशुपक्षी फार्म सञ्चालनमा छन् । दूध उत्पादन बढेपछि जिल्लाका विभिन्न ठाउँमा दूध सहकारी सङ्कलन केन्द्रसमेत खोलिएका छन् । सहकारीमार्फत कृषकलाई दूध बजारीकरणमा सहयोग पुगेको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले जनाएको छ । उक्त सहकारीले दैनिक एक हजार लिटर दूध बिक्री वितरण गर्दै आएको सहकारीका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिए । उनका अनुसार अनुसार सहकारीले कृषकलाई भैँसीको दूध रू एक सय र गाईको दूध रू ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।  “दूध बिक्री वितरणका लागि सहकारीले गाडी पठाएर गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । दूध सङ्कलनका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ”, सिक्देलले भने, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।” दुई हजार पाँच सय शेयर सदस्य आबद्ध सहकारीबाट एक सय कृषकले दूध बिक्रीवितरण गर्दै आएका छन । दूध बिक्री गरेर कृषकले मासिक रू एक लाखसम्म आम्दानी गर्दै आएका छन् । म्याग्दे गाउँपालिकाबाट यस वर्षमात्रै एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । म्याग्दे दुग्ध उत्पादक सहकारीले एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ सहित अन्य दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दुग्ध बिक्री गरेका छन् । पशुपालनबाट मनग्य आम्दानी हुने भएपछि विदेशबाट फर्किएका युवा यसमा आकर्षित भएका हुन् । विदेशबाट फर्किएका स्थानीय पाँच युवाले एग्रो प्रालि दर्ता गरी व्यावसायिकरुपमा पशुपालन गरिरहेका छन् । उक्त एग्रोमा हाल एक सय ५० गाईभैँसी रहेका प्रालिका व्यवस्थापक विशाल पौडेलले जानकारी दिए । उनका अनुसार अनुसार फार्ममा ३० वटा गाई छन् । “फार्ममा ५० भैँसी र ३० गाई दुधालु छन्”, पौडलले भने, “फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ ।” दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य सहित ६० गाई थप्ने योजना रहेको उनले बताए । रासस

अण्डा, मासु र चल्लाको अवैध आयात रोक्न गृहमन्त्री लामिछानेको निर्देशन

२८, पुस, चितवन । उपप्रधानमन्त्री रवि लामिछानेले अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री भएपछि पहिलो पटक  चितवन आएका उनले बिहीबार जिल्लामा कुखुरापालनसँग सम्बन्धित व्यवसायीहरुसँग छलफल गरेका थिए । त्यस क्रममा व्यवसायीले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारणस्वदेशी व्यावसायी मर्कामा परेको गुनासो […]

नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर

दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईंका अनुसार दूध प्रति वर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुरमा दुई सय ८१ लिटर उपलब्ध रहेको छ । जिल्लामा प्रति वर्ष प्रति व्यक्तिका आधारमा एक सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्कानुसार नवलपुरमा एक लाख

सिन्धुली जिल्ला दूध-अण्डा र मासुमा आत्मनिर्भर

सिन्धुली । सिन्धुलीमा मासु तथा अण्डाजन्य पर्याप्त कुखुरा पालन, उन्नत खालका गाई र भैंसीको व्यवसायिक पालन हुन थालेकाे छ । साेही व्यवसायिक पालनका कारण सिन्धुली जिल्ला दूध-अण्डा र मासुमा आत्मनिर्भर भएको हो । सिन्धुलीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीको एक तथ्यांकका अनुसार दूध-अण्डा र मासु अन्य क्षेत्रमा सिन्धुलीबाट विगत ५ वर्ष अगाडिदेखि […]

दूध, मासु र अण्डामा आत्मनिर्भरता घोषणामै सीमित, सरकारसँग नै छैन प्रभावकारी योजना

नेपाल व्यावसायिक कुखुरा पालन सर्वेक्षण प्रतिवेदनअनुसार किसानले एक वर्षमा कुखुरा मासु, अण्डा, चल्ला बिक्रीबाट वार्षिक साढे ३३ अर्बभन्दा धेरैको व्यापार गदै आएका छन् ।

आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

बागमती / बागमती प्रदेश राजधानी हेटौँडासहित मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका कोभिड१९ बिरामी उपचारका लागि स्थापित सबै आइसोलेशन सेन्टरलाई आवश्यक पर्ने मासु र अण्डा पुनः मकवानपुर

संक्रमितलाई दिनहुँ अण्डा र मासु

हेटौंडा, (नेस) । मकवानपुर कुखुरा व्यवसायी संघले मकवानपुरका सबै आइसोलेसनमा रहेका संक्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन शुरू गरेको छ । दोस्रो चरणको कोरोना भाइरस संक्रमणका कारण आइसोलेसनमा रहेका संक्रमितहरूलाई पोषणतत्वको परिपूर्तिका लागि प्रतिव्यक्ति दैनिक दुईवटा अण्डा र हरेक शनिबार र बुधबार मासु उपलब्ध गराइने मकवानपुर कुखुरा व्यवसायी संघ […]

अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर

सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ।