१८३७ मत ल्याएर ओली एमाले अध्यक्षमा विजयी भएको घोषणा

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएको घोषणा निर्वाचन आयोगले गरेको छ । आयोगका संयोजक विजय सुब्बाले ओली १८३७ मत ल्याएर विजयी भएको घोषणा गरे । यस्तै भीम रावल २२३ मत ल्याएर पराजित भएको जानकारी दिए । यस्तै वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएको पनि घोषणा गरे ।  

सम्बन्धित सामग्री

‘चपली हाइट’ हिरो गोदावरी नगरपालिका –३ को अध्यक्षमा विजयी

अभिनेता राज घिमिरे (सानु राजा घिमिरे) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका उनी १०५९ मत सहित विजयी भएका हुन् ।उनका निकटतम प्रतिद्धोन्दी  नेकपाका राम आचार्यले १०४९ मत प्राप्त गरेका छन् । घिमिरे अघिल्लो स्थानीय निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।घिमिरेले केही अगाडि आफुले वडा अध्यक्ष चुनाव जितेमा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा समेत गरेका थिए । उन

भरतपुरमा पाँचदलीय गठबन्धनको विजयी सुरुवात

काठमाडौँ । भरतपुर महानगरपालिका-१ को अध्यक्षमा पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन्। ८ सय ७५ मत ल्याएका महर्जनले एमालेका शुक्रकुमार श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले ७ सय ३४ मत प्राप्त गरेका छन्। यस वडामा सदस्यहरू भने एमालेबाट विजयी भएका छन्। यद्यपि, निर्वाचन अधिकृतले घोषणा गर्न भने बाँकी नै छ।

वडा अध्यक्षमा विजयी भए सरकारी सेवा नलिने अभिनेता घिमिरेको घोषणा

अभिनेता राज घिमिरेले आफुले वडा अध्यक्ष चुनाव जितेमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुबिधा नलिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने समेत बताएका छन् ।‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको सुबिधा, तलब, भत्ता, सेवा सुविधा लिने छैन’ उनले अगाडि भनेका छन् ‘त्यो रकमले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’ उनले उक्त पैसाले आर्थिक

सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा विजयी

काठमाण्डाै - सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी हुनुभएको छ । गएराति घोषणा भएको मतपरिणाम  अनुसार तुम्खेवाले कमला पन्थीलाई दुई मतले पराजित गर्दै विजयी हुनुभएको हो । विमलाले ८५ मत ल्याउनुभयो भने उहाँसँग पराजित हुने  कमला पन्थीले ८३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी हुनुभएको छ ।   उपाध्यक्षमा पवित्राले गीताकुमारी मैनालीलाई पराजित गर्नुभएको हो भने महास...

एमाले कालीकोटका अध्यक्षमा पाण्डे

नेकपा(एमाले) कालीकोटको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई १३६ मतले पराजित गर्दै विजयी भएका हुन् । शुक्रबार घोषणा भएको अन्तिम मतपरिणाममा...

कमल थापा समुहका अधिकांश विजयी, अध्यक्षमा चुके थापा

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापाले पराजय भोग्दा उनी पक्षका अधिकांश उम्मेदबार भने अब्बल देखिएका छन् । अध्यक्षमा थापा लिङ्दनसंग पराजित हुँदा थापा पक्षका अधिकांश उम्मेदबार भने विजयी भएका छन् । केहीबेर अघि घोषणा भएको निर्वाचनको परिणाम अनुसार थापा पक्षका उपाध्यक्ष र महामन्त्रीमा उम्मेदवार विजयी भएका छन्। पार्टीको खुल्ला […]

अध्यक्षमा पराजित भीम रावल एमाले केन्द्रीय सदस्यमा विजयी

नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् ।  मंगलवार साँझ चितवनको सौराहामा घोषणा सभामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले ९०४ मत प्राप्त गरेर रावल विजयी भएको घोषणा गरेका हुन् ।  तर रावलले अध्यक्षमा मात्र आफ्नो उम्मेदवारी रहेको बताएका सुब्बाले जानकारी दिए । अध्यक्षमा २२३ मत प्राप्त गरेका रावलले केन्द्रीय सदस्यमा ९०४ मत प्राप्त गरे ।  उपाध्यक्षमा पराजित घनश्याम भुसालले केन्द्रीय सदस्यमा १२६५ मत प्राप्त गरेर विजयी भएका हुन् ।

एमाले अध्यक्षमा केपी ओली भारी मतले विजयी

चितवन : नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली फराकिलो मतान्तरले विजयी भएका छन्। अर्का प्रत्यासी भीम रावललाई १५ सय ८५ मतले पराजित ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्। ओलीले १८ सय ८ मत ल्याउँदा रावलले  २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले थाहाखबरलाई जानकारी दिए।आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन।मंगलबार विहान ४ बजेदेखि विहान ११ बजेसम्म भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २ हजार ९६ मत खसेको थियो। रावलले आफूले

भीम रावलको घोषणा : आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने

काठमाडौं। नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन्।अध्यक्ष पदमा उम्मेदवारी दिएका उनले आफू त्यो पदमा विजयी नभए स्वतहः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका हुन्। मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले केन्द्रिय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्याउदै त्यसमा सपथ लिन नसक्ने स्पष्ट पारेका छन्।