काठमाडौँ । भरतपुर महानगरपालिका-१ को अध्यक्षमा पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन्। ८ सय ७५ मत ल्याएका महर्जनले एमालेका शुक्रकुमार श्रेष्ठलाई पराजित गरेका हुन्। श्रेष्ठले ७ सय ३४ मत प्राप्त गरेका छन्। यस वडामा सदस्यहरू भने एमालेबाट विजयी भएका छन्। यद्यपि, निर्वाचन अधिकृतले घोषणा गर्न भने बाँकी नै छ।