एक लाख जीवित जन्ममा मातृ मृत्यु दर १५१

नेपालमा मातृ मृत्युदर घटेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालमा एक लाख जीवित जन्ममा मातृ मृत्यु घटेर १५१ मा झरेको हो ।