रणवीर कपुर र आलिया भट्टको प्रमुख अभिनय रहेको हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा पहिलो दिनदेखि नै कमाइको हिसाबले कीर्तिमान बनाएको छ । शुक्रबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिन विश्वभर ७५ करोड भारु कमाएको फिल्मका निर्माता करण जोहरले बताए । दोस्रो दिन अर्थात शनिबार फिल्मको व्यापार पहिलो दिनभन्दा बढी अर्थात ८५ करोड भारुको गरेको बताइएको छ । योसँगै फिल्मले दुई दिनमै १६० करोड कमाई गरेको छ भने फिल्म कोरोना महामारी शुरु भएपछि पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म पनि