साउनको सोमबार देशभरका शिव मन्दिरमा पूजाअर्चना गर्ने श्रद्धालुको भिड लागेको छ । हरियो र पहेँलो पहिरनमा सजिएर महिलाहरू सबेरै शिव मन्दिर पुग्छन् । पूजाअर्चनाका लागि सोह्र शृङ्गारमा सजिएर मन्दिर पुगेका महिलाहरू फोटो खिच्न र टिकटक बनाउनमा नै मस्त । टिकटक बनाउनकै लागि सजिसजाउ भएर मन्दिर पुग्ने र विभिन्न गीतमा कम्मर मर्काउँदै टिकटक बनाउनेले मन्दिर परिसरमा अनावश्यक भिड पनि गराएको छ । यतिबेला विशेष गरी नीलकण्ठ नारायण र नीलकण्ठ शिवजीलाई पुज्ने महिना हो । सोमबार पशुपतिनाथ, गोकर्णेश्वर मन्दिर र कोटेश्वरको महादेवस्थानमा दर्शन गर्न आउनेभन्दा बढी टिकटक बनाउनेहरूकै जमात देखिन्थ्यो ।