धनुषाकाे तिनकाेरिया तनावग्रस्त, प्रहरीले हान्याे ८ राउण्ड अश्रुग्यास

गएराति तिनकाेरियास्थित एक पसलमा आगलागी भए पनि प्रहरीले आगो नियन्त्रण र सुरक्षामा चासो नदिएको भन्दै विरोधमा उत्रेका स्थानीयबासी र प्रहरीबीच झडप भएको हो

सम्बन्धित सामग्री

बङ्गलादेशमा तयारी पोशाक श्रमिकमाथि प्रहरीद्वारा अश्रुग्यास प्रहार

गाजिपुर (बङ्गलादेश), २३ कात्तिक । सरकारले प्रस्ताव गरेको पारिश्रमिक वृद्धिलाई अस्वीकार गर्ने तयारी पोशाक श्रमिकको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि बङ्गलादेश प्रहरीले बिहीबार रबरको गोली र अश्रुग्यास प्रहार गरेको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् । सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो […]

स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ । मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको बताइएकाे छ ।

बन्चरेडाँडामा ढुंगामुढा गरेपछि प्रहरीले हान्यो अश्रुग्यास

काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा बुधवार पनि स्थानीयले ढुंगामुढा गरेका छन् । ढुंगामुढा पछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।राजनीतिक दल र स्थानीय निकायबीचमा सहमति भएर मंगलबारबाट बन्चरेमा फोहोर फाल्न थालिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेका हुन् । स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याँक्न नदिँदा तनाव, प्रहरीले अश्रुग्यास हान्यो

काठमाडौँ-  बञ्चरेडाँडामा काठमाडौंको फोहोर फ्याँक्न स्थानीयले अवरोध गर्दा तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ। बञ्चरेडाँडामा सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाबीच भएको सहमतिअनुसार मंगलबारदेखि फोहोर फ्याँक्न सुरु गरेपछि स्थानीयले सम्झौता चित्त नबुझेको भन्दै अवरोध गरेका हुन्। स्थानीयले फोहोरका गाडीहरु रोकेपछि तनावको स्थिति सिर्जना भएपछि प्रहरीले अश्रुग्यास […]

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]

प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास

सरकारले अश्रुग्यास खरिद गर्न नदिँदा नेपाल प्रहरी १० वर्षअघिको म्याद गुज्रिएको प्रयोग गर्न बाध्य भएको छ। प्रहरीले रूपन्देहीको मोतीपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा अनधिकृत कब्जा गर्नेविरुद्ध १० वर्षअघि म्याद गुज्रेको अश्रुग्यास प्रयोग गर्न बाध्य भएको थियो।‘हामीसँग अश्रुग्यास म्याद गुज्रेको मात्रै छ सरकारले खरिद गर्ने अनुमति नदिँदा बाध्य भएर १० वर्ष अघिकै अश्रुग्यास प्रयोग गरिएको हो,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले भने। उनका अनुसार नेपाल प्रहरीसँग म्याद गुज्रेको अश्रुग्यास मा

बालिकाको मृत्युपछि पाँचथर जिल्ला अस्पतालमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

तीन वर्षीय बालिका कृष्टिना थाम्सुहाङको उपचारका क्रममा मृत्यु हुँदा स्थानीयले पाँचथर जिल्ला अस्पताल तोडफोड गरेपछि भीड नियन्त्रण गर्न लाठीचार्ज र अश्रुग्यास हान्नु परेको पाँचथरका डीएसपी दानबहादुर थापाले बताए ।

अफगानिस्तानमा महिलाहरुको प्रदर्शन रोक्न तालिबानद्वारा अश्रुग्यास प्रहार

काठमाण्डाै - सरकारमा सहभागी हुन पाउने माग गर्दै अफगानिस्तानमा महिलाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई रोक्नका लागि तालिबानले अश्रुग्यास र खुर्सानीको धुलोको स्प्रे बनाएर प्रहार गरेका छन् । प्रदर्शन नियन्त्रण भन्दा बाहिर गएकाले यस्तो गर्नुपरेको तालिबानले बताएको बीबीसीले जनाएको छ । कामको लागि समान अधिकार र सरकारमा सहभागी हुन पाउनु पर्ने माग गर्दै तालिबानी शासनको त्रासबीच नै महिलाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति भवन अगाडि प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

२६ पुस, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको छ । विद्यालयका भिसी नन्दबहादुर सिंहलाई ज्ञापन पत्र बुझाउन भन्दै विद्यार्थीको एउटा समूह त्यहाँ पुगेको थियो । तर, सिंहले ज्ञापन पत्र बुझ्न मानेनन् । सिंहले मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई बुझाए हुने बताएका थिए […]