पर्यटनमन्त्रीले आफ्नो जिल्लामा एक सयभन्दा बढी आयोजना पारेः भानुभक्त ढकाल

काठमाडौं, २४ जेठ । एमाले सांसद भानुभक्त ढकालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय शीर्षकमा खर्च कटौती गरी एक रुपैयाँ राखियोस् भनी प्रस्ताव राखेका छन् । मंगलबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै ढकालले अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा पर्यटन मन्त्रीको जिल्लामा पर्यटन मन्त्रालयसम्बन्धी पाँच लाखका एक सयभन्दा बढी आयोजना पारिएको, एउटा नगरपालिकामा ३२ वटा आयोजना […]

सम्बन्धित सामग्री

मुस्ताङको आलुमा उपभोक्ताको आकर्षण

मुस्ताङ । मुस्ताङी स्याउ र आलु बागलुङसहित धवलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायत जिल्लामा कोसेलीको रूपमा प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम शुरू भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि स्वादिलो मानिन्छ । बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेर समेत उपभोक्ताले खरीद गर्ने गरेका छन् । दशैं, तिहारका याममा झण्डै चार हजार केजी स्याउ विक्री गरेको यहाँका फलफूल तथा तरकारी व्यापारी शंकर रेग्मीले जानकारी दिए । स्याउ मात्रै होइन, मुस्ताङको आलुको समेत बजारमा उच्च माग भइरहेको उनले बताए । उनले दशैं, तिहारकै बीचमा पाँच हजार केजी मुस्ताङी आलु विक्री गरिसकेका छन् । उनीजस्ता धेरै व्यापारीले मुस्ताङको आलु र स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन् । अहिले मुस्ताङी स्याउको प्रतिकेजी १७० र आलु प्रतिकेजी ८५ मा किनबेच भइरहेको छ । मुस्ताङको स्याउजस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महँगो भए पनि खरीद गरेर उपभोग गर्ने गरेको स्थानीय सुरेश आचार्यले बताए । रामरेखा होलसेल तरकारी पसलका सञ्चालक आर्यन जेरीले आलु खुद्रा र थोक दुवै तरिकाले व्यापार गर्दै आएका छन् । आलु बागलुङ झारेको एक हप्तामै गोदाम रित्तिने गरेको जानकारी दिए । ‘पहिले पैसा पठाएपछि मात्रै मुस्ताङको आलु आउँछ, अहिले दशैं अघिदेखि १० हजार केजी आलु मुस्ताङको मात्रै विक्री गरेँ, तराईको र बागलुङको ढोरपाटन र ताराखोलाको आलु पनि विक्री भइरहेको छ,’ उनले भने । ताराखोला र ढोरपाटनको आलुसमेत बागलुङबाट पोखरालगायतका क्षेत्रमा निकासी हुने गरेको छ । तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यती नै भित्रिन्छ भन्ने यकिन तथ्यांक नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ र आलु ठूलो मात्रामा आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल जानकारी दिए । बागलुङमा समेत ढोरपाटन आलु सुपरजोन कार्यक्रम सञ्चालित छ । हिमाली क्षेत्र मुस्ताङका साथै ६ महीना निकै चिसो हुने ढोरपाटन र ताराखोलाको आलु धेरै ठाउँमा चर्चित छ । रासस

मुस्ताङको स्याउ पछिको आकर्षण आलु

कात्तिक २५, मुस्ताङ । मुस्ताङी स्याउ र आलु बागलुङसहित धौलागिरिका म्याग्दी, मुस्ताङ, पर्वतलगायतका जिल्लामा कोसेलीको रुपमा खुबै प्रयोग हुन थालेको छ । अहिले बजारमा मुस्ताङको स्याउ विस्तारै सकिने अवस्थामा पुगेको छ भने आलुको याम शुरु भएको छ । स्याउजस्तै मुस्ताङी आलु पनि मीठो मानिन्छ ।   बागलुङ बजारमा मुस्ताङी आलुको माग उच्च रहेको फलफूल तथा तरकारी व्यवसायी बताउँछन् । उच्च हिमाली क्षेत्रमा फलेको आलु निकै स्वादिष्ट हुने भएकाले महँगो मूल्य तिरेरसमेत उपभोक्ताले खरीद गर्ने गरेका छन् ।  दशैं तिहारका याममा झण्डै चार हजार केजी स्याउ विक्री गरेको यहाँका फलफूल तथा तरकारी व्यापारी शंकर रेग्मीले जानकारी दिए । उनले स्याउ मात्रै हैन, मुस्ताङको आलुको समेत बजारमा उच्च माग भइरहेको बताए । उनले मात्रै दशैं तिहारकै बीचमा पाँच हजार केजी मुस्ताङी आलु विक्री गरिसकेका छन् ।  ‘मुस्ताङको स्याउ बजार ल्याउनै समस्या छ, अन्य जिल्लाबाट समेत मुस्ताङको स्याउको माग भइरहेकाले बल्ल तल्ल स्याउ आउँछ, आलुको अवस्था उस्तै छ’, उनले भने, ‘मुस्ताङको टुकुचे, सिस्याङ भन्ने स्थानबाट आलु आयात गर्दै आएको छ, बजारमा स्याउजस्तै आलुको समेत उच्च माग रहेको छ, मुस्ताङी आलु बागलुङमा पुर्‍याउनै मुस्किल छ ।’ उनीजस्ता धेरै व्यापारीले मुस्ताङको आलु र स्याउको बागलुङ बजारमा आयात गर्दै आएका छन् । अहिले मुस्ताङी स्याउको प्रतिकेजी रू. १७० र आलु प्रतिकेजी रू. ८५ मा किनबेच भइरहेको छ । मुस्ताङको स्याउजस्तै आलुसमेत निकै स्वादिष्ट भएकाले महँगो भए पनि खरीद गरेर उपभोग गर्ने गरेको स्थानीय सुरेश आचार्यले बताए ।  रामरेखा होलसेल तरकारी पसलमा युवा व्यवसायी आर्यन जेरीले  आलु खुद्रा र थोक दुवै तरिकाले व्यापार गर्दै आएका छन् । उनले आलु बागलुङ झारेको एक हप्तामै गोदाम रित्तिने गरेको जानकारी दिए । ‘पहिले पैसा पठाएपछि मात्रै मुस्ताङको आलु आउँछ, अहिले दशैं अघिदेखि १० हजार केजी आलु मुस्ताङको मात्रै विक्री गरे, तराईको र बागलुङको ढोरपाटन र ताराखोलाको आलु पनि बिक्री भइरहेको छ’, उनले भने, ‘सस्तो आलु चाहनेलाई तराईको आलु छ, बागलुङको ताराखोला र ढोरपाटनको आलुको मागसमेत उच्च छ, तर मुस्ताङको आलु उपभोक्ताले निकै रुचाउने गरेका छन् ।’ ताराखोला र ढोरपाटनको आलुसमेत बागलुङबाट पोखरालगायतका क्षेत्रमा निकासी हुने गरेको छ तर बागलुङ जिल्लामा मुस्ताङको आलु तथा स्याउ यति नै भित्रिन्छ भन्ने यकिन तथ्यांक नभए पनि जिल्लामा धेरै मात्रमा मुस्ताङको स्याउ र आलु ठूलो मात्रामा आयात हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त ढकाल जानकारी दिए । बागलुङमा समेत ढोरपाटन आलु सुपरजोन कार्यक्रम सञ्चालित छ । हिमाली क्षेत्र मुस्ताङका साथै ६ महीना निकै चिसो हुने ढोरपाटन र ताराखोलाको आलु देश विदेशमा समेत चर्चित छ । चिसो हावापानीमा उब्जनी भएकाले उपभोक्ताले महँगो मूल्य तिरेरै भए पनि मुस्ताङको स्याउ, आलु ढोरपाटनको आलु रोज्ने गरेका छन् । रासस