आजकल सामाजिक सञ्जाल, भेटघाट, समारोह, चिया पसल, चौतारी जहाँसुकै भेट होओस् । हाम्रो एउटै बिचार आउँछ, नेता र कर्मचारीहरुले देश खत्तम पारे, बर्बादै पारे । अनि अर्को कुरा आफू मात्रै ईमान्दार कार्यकर्ता, देशभक्त, राष्ट्रप्रेमी र राष्ट्रसेवक । आफूबाहेक अरु भने नेताका झोले कार्यकर्ता । त्यस्तै आफ्नो बिरुद्ध सत्य समाचार लेख्ने पत्रकारलगायत सञ्चार जगतलाई झोलेको संज्ञा समेत दिएको दिनहुँ पढ्न र देख्न सकिन्छ । के देश वास्तवमै यी नेता, कर्मचारी, पत्रकारहरुले मात्रै बिगारेका छन त् ? यसमा