घटना एक : २०६६ साल ११ महिना २५ गते । श्री जनता मावि शिवपुर, धनुषा, साविक शिवपुर, वार्ड नं. ३ हाल जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १९ मा विद्यालय व्यवस्थापन समितिको समयावधि समाप्त भएकाले शिक्षा नियमावलीअनुसार भद्रभलादमी, अभिभावक र शिक्षाप्रेमीहरूको बैठकमा विद्यालयको हरहिसावका विषयलाई लिएर उत्पन्न विवादमा शिवपुर वार्ड नं.२ बस्ने मो.रेजाको हत्या भयो ।हरहिसाबका विषय स्थानीयले कुरा उठाएपछि मो. रेजासँग चर्काचर्की भएको थियो । घटनापछि सात जनाउपर मुद्दा चल्यो । यसरी मुद्दा चल्नेहरूमा रामसागर यादव, नागे