काठमाडौं : शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठित कार्यदलले एसईई र कक्षा-१२ को परीक्षाको मोडालिटी प्रतिवेदन राष्ट्रिय परीक्षा बोर्डलाई बुझाएको छ। कार्यदलले बिहीबार प्रतिवेदन बुझाएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए।प्राडा पौडेलका अनुसार कार्यदलले बुझाएको प्रतिवेदनमा कोरोना महामारीका कारण रोकिएको परीक्षाको विकल्पबारे विभिन्न सुझाव दिइएको छ। उनले भने‚ ‘प्रतिवेदनमा सरोकारवालाहरूले वैकल्पिक विधि,आन्तरिक मूल्यांकन र बढी उपयुक्त समयमा भौति