‘ईयू कार अफ द एयर’मा दुई चिनियाँ मोडल फाइनलमा

काठमाडौं । ‘ईयू कार अफ द एयर २०२४’का लागि उत्कृष्ट ७ मोडलका कारको नाम सार्वजनिक भएको छ । आगामी फ्रब्रुेअरी २६ मा जेनेभा मोटर शोमा घोषणा हुने उक्त अवार्डका लागि दुई चिनियाँ, दुई फ्रेन्च, एक/एक जापानी, जर्मनी र कोरियन कम्पनीका कार सर्टलिस्टमा परेका हुन् । सर्टलिस्टमा परेका मोडलहरूमा बीएमडब्ल्यू ५ सिरीज, बीवाइडी सिल, किया ईभी […]

सम्बन्धित सामग्री

गरिबी निवारणको चिनियाँ मोडल : हामी कहाँ चुक्यौं ?

चीनले सन् २०३० मा पूरा गर्न प्रतिबद्धता जनाएको शून्य गरिबीको लक्ष्य दश वर्ष अगावै सकिसक्दा नेपाल र चीनको गरिबी निवारणको ढाँचाबीच केही समानता र केही असमानता देखिन्छ।

चिनियाँ मोडल पछ्याउँदै मोदीः के हो पूर्वाधारमा बजेट खन्याउनुको खास कारण ?

भारत सरकारले मंगलवार (१ फेब्रुअरीमा) सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकासलाई जोड दिएको देखिन्छ ।  अप्रिल १ देखि भारतको आर्थिक वर्ष शुरू हुन्छ । बजेटको कुल आकार ३९.४५ लाख करोड भारु छ । त्यसमध्ये राजमार्ग निर्माण तथा विस्तारमा २ लाख ५४ हजार १०८ करोड भारु खर्च गरिनेछ ।  पूर्वाधारका अन्य क्षेत्रमा पनि खर्चका लागि विशाल रकम छुट्ट्याइएको छ । यस विश्लेषणमा भने सडक र राजमार्ग पूर्वाधारलाई बढी जोड दिएर चर्चा गरिनेछ । नरेन्द्र मोदी सरकारले भारतलाई व्यापारिक केन्द्र बनाउनका लागि पूर्वाधार विकास अत्यन्तै महत्त्वपूर्ण र...

‘चिम्से आँखा’ बारे चीनमा किन बढ्दैछ विवाद

बीबीसी । गलत कारणका लागि चिनियाँ मोडल न्याङन्याङका पुराना तस्बिरहरु यतिबेला भाइरल भएका छन् ।  यसमा उनले ‘सानो चिम्से आँखा छ भन्दैमा म चिनियाँ हुनै अयोग्य हुँ ?’ भन्ने प्रश्न गरेकी छन् ।  मानिसहरुले उनलाई जानीजानी राष्ट्रवाद विपरीत भाव प्रस्तुत गरेको भनेर विभिन्न आरोप लगाउँदै गाली गरेका छन् । वास्तवमा एउटा खानेकुराको...

१० हजार जनाको एकैपटक एन्टिजेन र पीसीआर परीक्षण गर्दै मध्यपुरथिमि नगरपालिका

असार ४, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस संक्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको नि:शुल्क एन्टिजेन र पीसीआर परीक्षण गर्ने भएको छ ।  नगरपालिकाले प्रत्येक वडामा शनिवार बिहान १० देखि ५ बजेसम्म एकै पटक उक्त संख्यामा एन्टिजेन र पीसीआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।  जिल्लामा संक्रमित र मृत्यु दर सबभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टिजेन र पीसीआर परीक्षण गरी कोभिड–१९ संक्रमणको विश्लेषण गर्ने भएको हो ।  ‘हाम्रो नगर क्षेत्रमा हाम्रा नागरिक कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अवस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर विभिन्न कोणबाट विश्लेषण गर्न नगरपालिकाले नगर क्षेत्रका नौओटा वडामा एकै पटक १० हजार व्यक्तिको एन्टिजेन र पीसीआर परीक्षण गर्दैछौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘चीनले यही विधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, नगरपालिकाले नेपालमा पहिलोपटक यो मोडलमा परीक्षण गर्ने भएको हो ।’ त्यसका लागि नगरपालिकाले करीब रू. ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ । नगरपालिकाले वडा नंं १ को निर्मल बैँक्युट, २ को महेन्द्र निमावि जातिगाल, वडा नं ३ को वडा कार्यालय कौशल्टार, वडा नं ४ को जनआदर्श क्याम्पस, वडा नं ५ को भुँलाखेल पुरानो वडा कार्यालय, वडा नं ६ को स्वास्थ्य चौकी, वडा नं ७ को स्वास्थ्य चौकी, वडा नं ८ को नर्थ प्वाइन्ट महल र वडा नं ९ को स्वास्थ्य चौकी भवनमा स्वाब संकलन गरिने जानकारी दिएको छ ।  एउटा वडाबाट करीब एक हजार १०० को परीक्षण गरिने र संक्रमित बढी भएका तथा जोखिमयुक्त क्षेत्रलाई लक्षित गरी परीक्षण केन्द्र निर्धारण गरिएको नगरपालिकाले जानकारी दिएको छ ।  कोरोना संक्रमणको अवस्था समुदायस्तरमा कस्तो छ भन्ने सर्वेक्षण पनि हुनेछ भने सम्भावित कोरोनाको तेस्रो लहरबाट नागरिकलाई जोगाउन तयारी गर्न टेवा पुग्नेगरी नगरपालिकाको निर्णयबाट परीक्षण गरिने भएको हो ।  परीक्षणका लागि नगरपालिकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको व्यवस्थापनसहित यहाँका स्वास्थ्यकर्मीलाई परिचालन गर्ने भएको छ । प्रत्येक केन्द्रमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनसहित जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीका १८, नेपाल स्काउटका १८ स्वयंसेवक, मध्यपुर, नागरिक र समिट अस्पतालबाट थप छ ल्याब टेक्निसियन गरी १५० जनशक्ति परिचालन गरिने भएको छ । एन्टिजेनको २० मिनेटमा रिपोर्ट आउने र पीसीआर परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गर्ने भएको छ ।  पछिल्लो समयमा निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा कोभिड संक्रमणको अवस्थामा कस्तो छ भनेर यसलाई विज्ञमार्फत अनुसन्धानका रुपमा मूल्यांकन गर्न सकिनेछ । यसैका आधारमा उपत्यका नगरपालिका फोरमलाई आगामी दिनमा नीति निर्माण बनाउन सहयोग पुग्ने नगरपालिका फोरमका सचिवसमेत रहेका श्रेष्ठको भनाइ छ ।  यो परीक्षणसँगै उपत्यकामा कोरोना संक्रमणको अवस्था कस्तो छ, निषेधाज्ञा हटाउने तयारी भइरहेको अवस्थामा कसरी जाने, जनताको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले कस्तो नीति बनाउने भन्ने तयारी गर्न सहज हुने उल्लेख गर्दै उनले यो परीक्षण नेपालकै लागि ऐतिहासिक हुने जिकिर गरे ।  सो नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा छ हजारभन्दा बढी संक्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरमा तीन हजार ९०८ पुरुष र तीन हजार ३५९ महिला गरी सात हजार २६७ व्यक्ति संक्रमित भएका छन् ।  हाल ८४ पुरुष र ९० महिला गरी १७४ सक्रिय संक्रमित रहेका छन् भने आठजना अस्पतालमा उपचाररत रहेका छन् । अठासी जना होम आइसोलेशनमा र सात हजार दुईजना निको भएका छन् । संक्रमितमध्ये जिल्लामा सबभन्दा बढी मध्यपुरमा ९१ व्यक्तिको मृत्यु भएको छ । रासस

अध्यक्ष तिमिल्सिनाद्वारा चीनको प्रशंसा: खोपको विकासमा चिनियाँ मोडल विश्वाव्यापी

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानव जीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान-प्रदान महत्वपूर्ण हुने बताएका छन् ।

लकडाउनले खलबलिएको आपूर्ति सहज बनाउन 'चिनियाँ मोडल', पुष्करराज भट्टराईको लेख

कारोना भाईरसको प्रभावलाई कम गर्नका लागि सरकारले गरेको २ हप्ते लकडाउनपछि हरेक नागरिककले बिबिध किसिमका समस्याहरु भोगिरहेका छन्। किसानदेखि

https://www.onlinekhabar.com/2020/03/846524

९ चैत, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसको संक्रमण रोक्न नेपालमा पनि चिनियाँ मोडल अपनाइन्ने बताएका छन् । चिनियाँ सरकारसँग उसले अपनाएको उपाय अंगीकार गर्न चिनियाँ चिकित्सकबाट प्रशिक्षण माग गरेको उनले बताए …