चिनियाँ मोडल पछ्याउँदै मोदीः के हो पूर्वाधारमा बजेट खन्याउनुको खास कारण ?

भारत सरकारले मंगलवार (१ फेब्रुअरीमा) सार्वजनिक गरेको बजेटमा पूर्वाधार विकासलाई जोड दिएको देखिन्छ ।  अप्रिल १ देखि भारतको आर्थिक वर्ष शुरू हुन्छ । बजेटको कुल आकार ३९.४५ लाख करोड भारु छ । त्यसमध्ये राजमार्ग निर्माण तथा विस्तारमा २ लाख ५४ हजार १०८ करोड भारु खर्च गरिनेछ ।  पूर्वाधारका अन्य क्षेत्रमा पनि खर्चका लागि विशाल रकम छुट्ट्याइएको छ । यस विश्लेषणमा भने सडक र राजमार्ग पूर्वाधारलाई बढी जोड दिएर चर्चा गरिनेछ । नरेन्द्र मोदी सरकारले भारतलाई व्यापारिक केन्द्र बनाउनका लागि पूर्वाधार विकास अत्यन्तै महत्त्वपूर्ण र...