भोजपुर - भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेकाे मानिसकाे समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेकाे छ ।
गएराति १० बजे वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेकाे व्यक्तिकाे समूहले कुटपिट गरी खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उहाँकाे टाउकोमा चार टाँका लगाइएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार कुटपिटमा संलग्नकाे खोजी भइरहेको छ ।
घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएकाे छ ।