अनुगमन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनले दिएका सुझाव तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।बुधबार समितिले तनहँु जलविद्युत आयोजना र रहुगंगा जलविद्युत आयोजनाको विषयमा विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग गरेको छलफल प्रश्चात समितिले यस्तो निर्देशन दिनुभएको हो । दुवै आयोजनाको समितिले […]

सम्बन्धित सामग्री

खगेन्द्र नवजीवन केन्द्रको बेथिति, एउटै सुझाव कार्यान्वयन भएन

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भएको बेथिति, अनियमितता र भ्रष्टाचारको प्रतिवेदन बुझाएको एक महिना पुग्दा पनि कार्यान्वयन थालनी भएको छैन । सङ्घको अनियमितता अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले फागुन १६ गते काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको प्रतिवेदन कार्यान्वयन गरेर प्रगति विवरण प्रस्तुत गर्न पदाधिकारीलाई निर्देशन दिए पनि कार्यान्वयन प्रक्रिया अघि बढ्न नसकेको हो । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा माघ १० गते गठित समितिले छानबिनका क्रममा व्यापक अनियमितता, पदाधिकारी र मनोमानी भएको निष्कर्षसहित बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन थाल्न निर्देशन दिनुभएको थियो ।

निर्देशन कार्यान्वयन नभएको संसदीय समितिको गुनासो

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पटक–पटक गरिएका निर्णय र निर्देशनको प्रभावकारी हुन नसकेको जनाएको छ । समितिको शुक्रबारको बैठकमा ‘वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मुल्याङकन प्रतिवेदन’ सम्बन्धमा छलफल गर्दै समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले समितिको निर्देशन केही कार्यान्वयनमा आएको तथा अधिकांश कार्यान्वयन नभएको बताइन् ।