बजेट बनाउन विज्ञसँग गण्डकी सरकारको छलफल

पोखरा । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको गण्डकी प्रदेश सरकारले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरूसहित विज्ञसँग बृहत् छलफल गरेको छ । गण्डकी सरकार, अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०९७/८० को बजेटका कार्यदिशा र कार्यान्वयनका बारेमा छलफल गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा हालै भएको छलफलमा योजना आयोगका पूर्वउपाध्यक्षहरू डा. जगदीशचन्द्र पोखरेल, दीपेन्द्रबहादुर क्षेत्री, मीनबहादुर श्रेष्ठ र दिनेशचन्द्र देवकोटाको सहभागिता थियो । उनीहरूले संघीयतालाई थप मजबूत बनाउन र नागरिकले प्रत्यक्ष लाभ हासिल गर्न सक्ने दीर्घकालीन योजना ल्याउन सुझाव दिएका थिए । नेपालमा योजनाको खाँचो नभएको, तर कार्यान्वयन पक्षमा समस्या रहेको उनीहरूले औंल्याए । अबको बजेट उत्पादन केन्द्रित, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापन गर्ने किसिमको हुनुपर्नेमा सहभागीहरूले जोड दिए । मुख्यमन्त्री पोखरेलले विज्ञहरूको सुझाव अनुसार सरकारले बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । अबको बजेटमा अनुसन्धानलाई प्राथमिकतामा राख्ने उनको भनाइ थियो । ‘केही डेटा खोज्यो, कतै भेटिँदैन, डेटाको अभावमा योजना बनाउन सकिँदैन,’ उनले भने, ‘अनुसन्धानका लागि सरकारले ठोस व्यवस्था गर्छ ।’ प्रदेशले धेरै समस्या झेल्दै यो अवस्थामा आइपुगेको भन्दै मुख्यमन्त्री पोखरेलले अधिकार हस्तान्तरणमा संघ सरकार अनुदार देखिए पनि प्रदेश सरकारले नागरिकले महसूस गर्नेगरी काम गरेको दाबी गरे । अर्थमन्त्री रामजीप्रसाद बरालले छलफलबाट सरकारले धेरै प्रतिक्रिया पाएको भन्दै अब बजेट कार्यान्वयनमा आफूहरू जुट्ने प्रतिबद्धता व्यक्त गरे । आयोगका पूर्वउपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले संघीयता कार्यान्वयनलाई नै सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिए । ‘बजेटको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेसम्म आर्थिक हैसियत माथि उकास्न सम्भव छैन,’ उनले भने । योजना बनाउँदा जनसांख्यिक विवरणलाई विशेष ध्यान दिन समेत उनले आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्रदेशको पञ्चवर्षीय योजना निर्माणका क्रममा खासै छलफल नभएको भन्दै चालू योजना कति व्यावहारिक छ भन्ने विश्लेषण गर्नुपर्ने बेला आएको बताए ।

सम्बन्धित सामग्री

गण्डकी : उपलब्ध साधन र स्रोतलाई हेरेर बजेट बनाउन सुझाव

पर्वत : गण्डकी प्रदेशवासीले प्रदेश सरकारको अनुभूति गर्ने गरी काम गर्ने बताएको गण्डकी सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारी चलिरहेको बेला यसबारेमा विज्ञहरूसँग छलफल गरेको छ।आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा प्रदेशको विकासबारे सरोकारवालासँग बहस गरेर जनमुखी नीति तथा कार्यक्रम र बजेट तयार पार्न लागिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका निजी सचिव राजेन्द्रबहादुर क्षेत्रीले बताए।बहसमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्य

गण्डकी प्रदेशसभा बैठक स्थगित

गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति जुटेको थियो । बजेट किताब आइनसकेकाले बैठक स्थगित गरिएको प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

काठमाडौँ- गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएकामा सरकारको अनुरोधमा अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बजेट विनियोजनको किताबसमेत तयार हुन नसकेका अवस्थामा भोलिको बैठक स्थगित गर्नेमा दलहरूबीच सहमति […]

गण्डकी सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ – गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पास भएको छ। सोमबारको संसद बैठकबाट नीति तथा कार्यक्रम पास भएको हो। २४ जेठमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए। त्यसपछि दफावार छलफल गरेर सोमबार पास गरिएको हो। योसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ। १ असारमा बजेट […]

गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि

गण्डकी प्रदेशसभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।विहिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ ।बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत हुनुपर्छ ।

गण्डकी सरकारले सुरु गर्यो बजेट निर्माणका विषयमा छलफल

गण्डकी प्रदेश सरकारले आगामी वर्षको बजेट निर्माणका लागि विज्ञहरुसँग सुझाव लिएको छ । कोरोना संक्रमणका कारण आर्थिक संकटमा रहेको सरकारले संघ सरकारको अनुदानमै केन्द्रित भएर  बजेट ल्याउन लागेको हो । यसअघि ३० अर्बको बजेट ल्याएको सरकारले अहिले बजेटको आकार अझै घट्न सक्ने संकेत गरेको छ ।यसपटक विज्ञहरुले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन सुझाएका छन् । कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गर्दै नेपालमा उत्पादन हुने बस्तु तथा सेवामा विशेष जोड दिन उनीहरुको आग्रह छ । अहिले पनि अर्बौंको उत्पादन नेपाल आयात

गण्डकी प्रदेश सरकारको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको २२ दिन बितिसक्दा पनि रातो किताब ल्याउन सकेको छैन । जसले गर्दा बजेटबारे सदनमा छलफल नै सुरु हुन पाएको छैन । नयाँ गठबन्दन सरकार बने पछि बजेट ल्याएको तीन साता बितिसक्दा पनि विनियोजित बजेट समेटिएको रातो किताज आउन नसक्नुले नयाँ सरकारको कमजोरी रहेको प्रतिपक्ष दलले आरोप […]

गण्डकीमा मुख्यमन्त्री पोखरेलले नै बजेट प्रस्तुत गर्ने

गण्डकी प्रदेश सरकारको सोमवार प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल भइरहेको छ ।  ३ दिनअघि मात्रै कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा बनेको सरकारले हतारहतार गरी नीति तथा कार्यक्रम ल्याएको हो । संसदमा सोमवार प्रदेश प्रमुख सीताकुमारी पौडेलले कोरोना रोकथाम, उपचार र खोपलाई प्राथमिकता दिँदै आव २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । सरकारले मंगलवारै नीति तथा कार्यक्रममाथि छलफल टुंग्याएर पारितपछि दिउँसो ४ बजे आगामी आवको बजेट प्रस्तुत गर्ने जनाएको छ ।  पोखरा सभागृहमा ...

मुख्यमन्त्रीले विश्वासको मत नलिइ बजेटका प्राथमिकतामाथि छलफल

गण्डकी प्रदेशसभामा आज मंगलबार) देखि बजेटका सिद्धान्त र प्राथमिकताउपर छलफल हुने भएको छ । प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले सोमबार सदनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारको स्थायित्वमाथि प्रश्न चिह्न कायम रहेकै अवस्थामा जेठ १६ गतेदेखि बजेट अधिवेशन सुरु भएको हो । प्रदेशसभाबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत प्राप्त गर्न बाँकी नै छ ।विपक्षी दलहरु मुख्यमन्त्रीले विश्वासको मत हासिल नगरी बजेटसम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने तर

गण्डकी सरकारको रणनीति : सके विश्वासको मत, नसके अध्यादेशबाट बजेट

१२ जेठ, पोखरा । प्रदेशसभाको अधिवेशन १६ जेठका लागि आह्वान भइसकेको छ । पहिलो दिन दलका नेताहरुले भनाइ राख्ने छन् भने १७ गते प्रि–बजेट छलफल सुरु हुनेछ । त्यसपछि सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याउने प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए । तर प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रमभन्दा पहिला […]