साफ च्याम्पियनसिप आयोजना जिम्मा माल्दिभ्सलाई

काठमाडाैं : दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले च्याम्पियनसिप आयोजनाको जिम्मेवारी माल्दिभ्सलाई दिने निर्णय गरेको हो। च्याम्पियनसिप १ देखि १५ अक्टोबरसम्म आयोजना हुनेछ। साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो। यसअघि बंगलादेशमा प्रतियोगिता हुने तय भए पनि बंगलादेशले कोभिडको कारण देखाउँदै प्रतियोगिता गर्न नसक्ने जानकारी गराएको थियो।त्यसपछि साफले आयोजना गर्न उत्सुक रहे

सम्बन्धित सामग्री

नेपाली फुटबल टोली माल्दिभ्स पुग्यो, पहिलो खेल असोज १५ मा माल्दिभ्ससँग हुने

एजेन्सी । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपालको राष्ट्रिय फुटबल टोली हिजो माल्दिभ्स पुगेको छ । माल्दिभ्सको मालेमा यही असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताको लागि झण्डै दुई साता कतारमा अन्तिम प्रशिक्षण गरेको नेपाली टोली हिजो त्यतैबाट माल्दिभ्स पुगेको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा […]

साफ च्याम्पियनसिपको तयारी गर्न कतार लाग्यो नेपाली फुटबल टोली

काठमाडौँ – आगामी महिना सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली शुक्रबार कतारतर्फ लागेको छ। कतारमा तीन साता प्रशिक्षण गरेपछि नेपाली टोली माल्दिभ्स पुग्ने छ। माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि सुरु हुने कार्यक्रम छ। नेपालले हालसम्म १३ पटक साफ च्याम्पियनसिप आयोजना  भइसक्दा एकपटक पनि उपाधि जित्न सकेको छैन।

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

काठमाडौँ- साफ च्याम्पियनसिप आयोजना अधिकारको दौडमा माल्दिभ्सले नेपाललाई उछिनेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोमबार गरेको निर्णय अनुसार अब साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ । साफ च्याम्पियनसप आयोजनाका लागि माल्दिभ्स र नेपालले प्रस्ताव राखेका थिए ।  ‘कोभिड-१९ संक्रमण दर नेपालमा भ…

नेपाललाई साफ च्याम्पियनसिप आयोजना गर्न प्रस्ताव

नेपाल समाचारपत्र, काठमाडौं । बंगलादेशले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) आयोजना गर्न नसक्ने भएपछि सोको आयोजना गर्न नेपाललाई आधिकारिकरूपमा प्रस्ताव आएको छ । आउँदो अक्टोबरमा आयोजना गर्न सहमति भएकोमा साफ बैठकले नेपाललाई प्रस्ताव राखेको हो । तर, नेपालसँगै माल्दिभ्स र भारतले पनि प्रतियोगिता आयोजना गर्न दाबेदारी प्रस्तुत गरेका थिए । प्रतियोगितामा ५ टोलीले मात्र […]