कामना सेवा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकका सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा भदौ ३१ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न साधारणसभाले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत […]