काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पत्ति विवरण बुझाउन बाँकी रहेका कर्मचारीलाई दुई दिनभित्र विवरण पठाउन निर्देशन दिएको छ ।
मन्त्रालय मातहतका कर्मचारीलाई पटक–पटक सूचना पठाउँदा समेत विवरण प्राप्त नभएको भन्दै दुई दिनको म्याद राखेर शुक्रबार पुनः सूचना जारी गरेको हो । यसअघि, गएको पुस २५ गते तीन दिनको म्याद राखेर...