इजरायल-हमास युद्ध: गाजा पट्टीमा ११,४७० प्यालेस्टाइनी मारिए, २७०० भन्दा बढी बेपत्ता - NepaliPatra

एजेन्सी । इजरायल हमास युद्ध सुरु भएदेखि गाजा पट्टीमा ११,४७० प्यालेस्टाइनी मारिएका छन् र २७०० भन्दा बढी बेपत्ता छन्। प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार इजरायली हवाई आक्रमणमा सबैभन्दा बढी मानिस मारिएका छन्। मृत्यु हुनेमा ४७०७ नाबालिग र ३१५५ महिला रहेको उनले बताए । यसैबीच इजरायली सुरक्षा बलहरूले प्यालेस्टिनीहरूलाई दक्षिणी गाजाका केही भागहरू छोड्न चेतावनी […]

सम्बन्धित सामग्री

विपिन जोशी जीवित रहको इजरायली राजदूतको भनाइ - NepaliPatra

काठमाडौं । अघिल्लो वर्ष इजरायलमा प्यालेस्टिनी समूह हमासको आक्रमण पछि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको इजरायलले बताएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए.वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् । काठमाडांैमा पत्रकारहरु सँग भएको भेटमा उले विपिन छिट्टै काठमाडौं फर्किने विश्वास व्यक्त गरे । विपिनलाई राखिएको ठाउँ […]

गाजामा इजरायली बमबारी, कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु

उत्तरी गाजा पट्टीको बेत लाहिया शहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको बताएको छ । इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको...

गाजामा इजरायली बमबारी, कम्तिमा २५ प्यालेस्टिनीको मृत्यु

उत्तरी गाजा पट्टीको बेत लाहिया शहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा २५ प्यालेस्टिनीको मृत्यु भएको छ ।प्यालेस्टिनको आधिकारिक समाचार संस्था वाफाले भग्नावशेषमुनि कैयौँ मानिस अझै बेपत्ता रहेको बताएको छ । इजरायली सेनाले उक्त घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमानामार्फत हमासको...

गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता : हमास

गाजा– इजरायल–हमास युद्धका क्रममा गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ । हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले इजरायली बमबारीबाट १९ हजार भन्दा बढीको मृत्यु हुनुका साथै ८ हजार भन्दा बढी मानिस भग्नावशेषमुनि हराइरहेको बताए । उनका अनुसार यसरी मृतक र बेपत्ता हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । ‘गाजामा ७१ […]

सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो : आरएसएफ

पेरिस (फ्रान्स) । पछिल्लो दुई महीनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ)ले बिहीवार बताएको छ ।  आरएसएफको वार्षिक प्रतिवेदनअनुसार सन् २०२३ को पहिलो ११ महीनामा कामका क्रममा ४५ पत्रकार मारिएका छन् । यो आँकडा गत वर्ष ६१ थियो । ल्याटिन अमेरिकामा आएको ठूलो गिरावटका कारण सन् २००२ मा ३३ पत्रकारको मृत्युपछि यो वर्ष सबैभन्दा कम पत्रकार मारिएका छन् ।  अक्टोबर ७ मा इजराइल र इस्लामिक लडाकू समूह हमासबीच युद्ध शुरु भएपछि मध्यपूर्वमा करीब ६३ पत्रकार मारिएका छन् । तर, तीमध्ये १७ जना मात्रै आरएसएफको परिभाषामा परेका छन् ।  आरएसएफका महासचिव क्रिस्टोफर डेलोयरले एएफपीलाई भने, ‘यसले गाजा क्षेत्रको त्रासदीबाट टाढा राख्दैन । तर, हामीले नियमितरूपमा गिरावट देखिरहेका छौं, सिरिया र इराकमा युद्धका कारण सन् २०१२ मा र फेरि सन् २०१३ मा मारिएका एक सय ४० पत्रकारहरूको तुलनामा यो धेरै टाढा छ ।’ उनका अनुसार यो गिरावट अन्तर–सरकारी सङ्गठनहरू र गैरसरकारी सङ्गठनहरूले दण्डहीनताविरुद्ध लड्ने प्रयासहरूका साथै स्वयं पत्रकारहरूले पुर्याएको अधिक ‘विवेकशीलता’ का कारण भएको हो ।  आरएसएफका अनुसार अक्टोबर ७ पछि मध्यपूर्वमा आफ्नो पेशा निर्वाह गर्ने क्रममा मारिएका १७ पत्रकारमध्ये १३ गाजामा इजराइली हमलामा मारिएका छन् भने तीन लेबनानमा र एक जना हमासद्वारा इजराइलमा मारिएका छन् । आरएसएफले यी मृत्युलाई लिएर ‘युद्ध अपराध’ का लागि अन्तरराष्ट्रिय फौजदारी अदालतमा उजुरी दायर गरिएको नोभेम्बरमा बताएको थियो ।  अक्टोबर १३ मा रोयटर्सका क्यामेरामेन इस्साम अब्दुल्लाहको हत्या गर्न र एएफपीका फोटोग्राफर क्रिस्टिना एसीसहित अन्य ६ जनालाई घाइते बनाउन इजराइली ट्याङ्कको हमला जिम्मेवार रहेको आफ्नो अनुसन्धानबाट थाहा भएको एएफपीले गत साता बताएको थियो ।  पत्रकारहरू दक्षिणी लेबनानमा ‘सक्रिय युद्ध क्षेत्र’ मा रहेको इजराइली सेनाका एक पत्रकारले बताएका छन् । तर, महासचिव डेलोयरले प्रवक्ताको जवाफ ‘सन्तोषजनक’ नभएको बताए ।   युक्रेनमा युद्धका कारण सन् २०२३ मा दुई पत्रकारको ज्यान गएको छ । आरएसएफले भनेको छ, ‘मारिनेमा एक एएफपीका रिपोर्टर अरमान सोल्डिन थिए, उनी आफ्नै देशबाहिर ज्यान गुमाउने एकमात्र रिपोर्टर हुन् ।’ सन् २०२२ मा द्वन्द्व शुरु भएपछि युक्रेन युद्धमा कुल ११ पत्रकार मारिएका छन् ।  ल्याटिन अमेरिकामा गिरावट ल्याटिन अमेरिकामा मारिने पत्रकारहरूको सङ्ख्यामा तीव्र कमी आएको छ । त्यहाँ ६ पत्रकारको हत्या भएको छ । सन् २०२२ मा २६ पत्रकार मारिएका थिए । मेक्सिकोमा मात्र यो सङ्ख्या गत वर्षको ११ बाट घटेर चारमा आएको छ । लगातार अपहरण र हमला भएको भन्दै आरएसएफले मेक्सिको पत्रकारहरूका लागि खतरनाक बनेको चेतावनी दिएको छ । विश्वभरमा बेपत्ता भएका ८४ पत्रकारमा करीब एक तिहाइ मेक्सिकाली छन् ।  सन् २०२२ मा कारागारमा रहेका पत्रकारहरूको सङ्ख्या पाँच सय ६९ बाट घटेर पाँच सय २१ भएको छ । चीन र म्यान्मापछि बेलारुस ‘विश्वका तीन सबैभन्दा ठूला कारागारमध्ये एक’ का रूपमा सामेल भएको छ । टर्कीए र इरानले बारम्बार पत्रकारहरूलाई कारागारमा हाल्ने गरेको प्रतिवेदनमा उल्लेख छ । कुल ५४ पत्रकारलाई बन्धक बनाइएको छ । यो सङ्ख्या सन् २०२२ मा ६५ थियो । रासस/एएफपी

नेतान्याहुको राजीनामा माग्दै प्रदर्शन

एक साताअघि प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा बेपत्ता र बन्दी भएका इजरायलीको परिवारले सरकार तथा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको विरोधमा प्रदर्शन गरेका छन् । तेल अभिभमा प्रदर्शन गर्दै उनीहरूले गाजा क्षेत्रमा बन्धक बनाइएका इजरायलीको उद्धारमा सरकारले बेवास्ता गरेको बताएका हुन् । प्रदर्शनकारीले प्रधानमन्त्री नेतान्याहुको राजीनामा पनि माग गरेका छन् ।

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् । पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार, पहिरोमा घामबहादुर विक, […]