लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ। अवतरणका क्रममा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जनाएको छ। 'अवतरण गर्दा गर्दा टायर लग भएको जस्तो देखियो,' विमानस्थलका एक कर्मचारीले भने, 'रन वेमा नै जहाजको अगाडिको भाग उठ्न खोजेको थियो।' रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज बल्लतल्ल पार्किङस्थलमा पुर्याएका थिए। यस विषयमा समिट एयरसँग पटक…