खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ लुक्लास्थित तेञ्जिङ–हिलारी (लुक्ला) विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुँदा को–पाइलटसहित तीनजनाको मृत्यु भएको छ । आइतबार बिहान करिब ९ बजे मन्थलीका लागि उड्न लागेको समिट एयरको जहाज धावनमार्गबाट अनियन्त्रित भएपछि भएको दुर्घटनाबाट समिट एयरका को–पाइलट सुजित ढुंगाना र दुई प्रहरीको ज्यान गएको हो ।