काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५३ अङ्कभन्दा धेरैले बढेको छ । हिजो साेमवा सामान्य बढेको नेप्से आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर हरियो भएकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
बजार खुलेदेखि दिउँसो २ बजेसम्म सामान्य घटबढ भएको नेप्से २ बजेपछि तीव्र गतिमा उकालो लाग्न थालेको थियो । २ बजे दुई हजार सात सय आठ विन्दुमा रहेको नेप्से तीन बजे दुई हजार सात सय ५३ विन्द...