लघुवित्तविरुद्ध संघर्ष गर्नेलाई कारवाही गर्न निर्देशन

गृह मन्त्रालयले लघुवित्तविरुद्धको संघर्ष समितिलाई कारबाही गर्न निर्देशन दिएको छ ।मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति भ्रामक र कपोकल्पित आरोपहरु लगाई भ्रम छर्ने कार्य सुरु भएकाले यसविरुद्ध कारबाही गर्न निर्देशन दिएको हो ।देशको प्रचलित कानूनबमोजिम दर्ता भई नियमक निकायबाट सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुप्रति हाल केही व्यक्ति तथा लघुवित्तविरुद्ध […]

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं। एमसीसीअन्तर्गतको प्रसारणलाईन र सडक मर्मत परियोजना सुरु हुन अझै १ वर्ष लाग्ने भएको छ भने हालसम्म पौने पाँच अर्ब खर्च भइसकेको छ। क्रिप्टोकरेन्सीलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। ‘लघुवित्त विरुद्ध संघर्ष समिति’लाई कारवाही गर्न गृहमन्त्रालयको निर्देशन दिएको छ। बीमा समिति अब बीमा प्राधिकरणमा रुपान्तरण हुने भएको छ।

‘लघुवित्त विरुद्ध संघर्ष समिति’लाई कारवाही गर्न गृहमन्त्रालयको निर्देशन

२ भदौ, काठमाडौं । ‘लघुवित्त विरुद्ध संघर्ष समिति’लाई कारवाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले १ भदौमा एक निर्देशन जारी गर्दै त्यस्ता संघर्ष समितिलाई कारवाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । लघुवित्तहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले मन्त्रालयलाई लेखेको पत्र र प्राप्त कागजात सहित संलग्न […]

वीपी प्रतिष्ठानको सुधारका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

असार १०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बढ्दै गएको संस्थागत अनियमितता र भ्रष्टाचार लाई नियन्त्रण गर्दै प्रतिष्ठानको शुद्धिकरणको लागि माग गर्दैै विगत १० दिनदेखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापन पत्र बुझाएका छन् ।  बिहीवार इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलिलाई ज्ञापन पत्र पठाएका हुन् । संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले ज्ञापन पत्र कार्यालय प्रमुखलाई बुझाएका हुन् । ज्ञापन पत्रमा प्रतिष्ठानमा देखिएका समस्याहरु तत्काल समाधानका निम्ति कार्य अघि बढाउननसकेको खण्डमा धरायसी हुने उल्लेख गरिएको छ ।  प्रतिष्ठानको कुलपतिको नाताले प्रतिष्ठानमा देखिएका समस्याहरुलाई हल गर्न निर्णायक पहलकदमी गर्ने जिम्मेवारी प्रधानमन्त्रीको रहेकाले पहलकदमीका लाई आग्रह गरिएको छ ।  प्रतिष्ठानको पहिलो समस्या चरम राजनितिकरण नै रहेको ठहर गर्दै पदाधिकारीको नियुक्तिमा राम्रोभन्दा हाम्रो भन्ने परिपाटीको अन्त्य, ठूलो आर्थिक लेनदेनको अन्त्य गर्दै विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति मापदण्ड सिफारिस कार्यदलले तयार पारेको प्रतिवेदन अनुरुप गर्न सके समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ ।  समितीका संयोजक डा. रिमालको हस्ताक्षर गरिएको ज्ञापनपत्रमा प्रतिष्ठान भित्र भएका अनियमितता र भ्रष्टाचार सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका दर्जनौ मुद्धाहरुको द्रुत गतिमा छानबिन गरी दोषि ठहर भए कारवाही गर्न सम्बद्ध निकायहरुलाई निर्देशन गर्न पनि आग्रह गरिएको छ । पत्रमा लेखिएको छ, ‘प्रतिष्ठानमा रहेका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले गर्ने हरेक कृयाकलापहरुलाई पारदर्शी र जवाफदेही बनाउने पद्धतीको थालती गर्न सके फेरी यो प्रतिष्ठान नमूना बन्नेछ ।’ संघर्ष समितीको आयोजनामा विगत १० दिन चिकित्सक तथा विद्यार्थीहरुले दैनिक दुई घण्टा उपकुलपति कार्यालय अघि धर्ना तथा विरोध सभा गर्दै आएका छन् । प्रतिष्ठानले वार्ता समिती बनाए पनि उपकुलपतिको उपस्थिती भए पछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् ।